भर्खरै : Sorry, your browser does not support inline SVG.
तीनकुने–गैरीगाउँ क्षेत्रका बासिन्दाले सामान सार्न थाले, पाँच स्थानमा पुनर्स्थापना गर्ने सरकारको तयारी | पेट्रोलियम पदार्थ आयातबाट साठी अर्ब अठतीस करोड राजस्व सङ्कलन | इरानी विदेशमन्त्री पाकिस्तानमा, अमेरिका–इरान वार्ताका लागि कूटनीतिक प्रयास तीव्र | वीरगञ्ज महानगरद्वारा भूमिहीनलाई ३० दिनभित्र सम्पर्कमा आउन आग्रह | सुखड बजारको होटलमा आगलागी, कामदारको जलेर मृत्यु | विश्वका १० देशमा तीव्र खाद्य असुरक्षा, द्वन्द्व र मल अभाव मुख्य कारण | विनाशकारी भूकम्प गएको १० वर्ष पूरा, पुनर्निर्माण र सम्झनाका बीच नेपाल | थापाथली सुकुम्बासी बस्तीमा अनधिकृत संरचना हटाउन डोजर चलाउन सुरु |

संविधान, कानुन र स्वास्थ्य मापदण्डभित्र रहेर गर्ने कार्यक्रममा बन्देज हुँदैन : गृहमन्त्रालय

संविधान, कानुन र स्वास्थ्य मापदण्डभित्र रहेर गर्ने कार्यक्रममा बन्देज हुँदैन : गृहमन्त्रालय

 

काठमाण्डौ । स्वास्थ्य मापदण्ड भित्र रहेर गरिने कुनै पनि क्रियाकलापमा बन्देज लगाउने सरकारको कुनै आदेश र उद्देश्य नरहेको गृहमन्त्रालयले स्पष्ट पारेको छ । जिल्ला प्रशासन कार्यालयहरुले विहिबार कोरोना भाइरस सङ्क्रमणको जोखिम कायमै रहेको जनाउँदै अनावश्यक रुपमा मानिस घर बाहिर निस्कने, जम्मा हुने, भीड गर्ने, सभा, जुलुस र भीडभाड नगर्नेरनगराउने आदेश जारी गरेको थिए ।

जिल्ला प्रशासन कार्यालय, काठमाण्डौ र भक्तपुरले जारी गरेका आदेशका विषयमा सार्वजनिक रुपमा व्यक्त अभिव्यक्ति र चासो र चिन्ताप्रति मन्त्रालयको गम्भीर ध्यानआकर्षण भएको जारी विज्ञप्तिमा उल्लेख छ । जिल्ला प्रशासन कार्यालयहरुले कुनै पनि पर्व, भेला वा जुलुस गर्न नपाइने आदेश जारी गरेका थिए।press_release

गृह मन्त्रालयले विज्ञप्ति निकालेर भनेको छ : नेपालको संविधान, प्रचलित कानुन र कोभिड–१९ को नियन्त्रणका लागि जारी गरिएको स्वास्थ्य प्रोटोकलभित्र रही गरिने कुनै पनि क्रियाकलापमा बन्देज लगाउने नेपाल सरकारको कुनै आदेश र उद्देश्य नभएको ब्यहोरा सबैको जानकारीको लागि अनुरोध छ ।

यो सूचना जारी भएपछि गृह मन्त्रालयले सरकारले संविधान, प्रचलित कानुन र कोभिड–१९ को नियन्त्रणका लागि जारी गरिएको स्वास्थ्य प्रोटोकलभित्र रही गरिने कुनै पनि क्रियाकलापमा बन्देज लगाउने कुनै आदेश र उद्देश्य नभएको स्पष्ट पारेको हो ।

Mohotsav


Thali Mobile Pvt.Ltd.