भर्खरै : Sorry, your browser does not support inline SVG.
एशियन गेम्स तयारी बजेटमै परेन, खेलकुद क्षेत्रलाई ४ अर्ब ३ करोड विनियोजन | दक्षिण सुडानमा भोकमरीको संकट गहिरिँदै, ७२ लाख नागरिकलाई तत्काल खाद्य सहायता आवश्यक | सातै प्रदेशमा वर्षा र चट्याङको सम्भावना, तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने | पशुपालक महिलाको विश्व सम्मेलनबाट ‘काठमाडौं घोषणापत्र’ जारी, दिगो चरनभूमि व्यवस्थापनमा जोड | “तिमीलाई देखेर” सार्वजनिक, शान्तिश्री परियार र कमल सौरागको नयाँ गीत चर्चामा | भक्तपुरमा दाफा प्रदर्शनीको भव्य उद्घाटन | राज्यका प्रमुख अङ्गलाई जिम्मेवार बन्न मानव अधिकार तथा शान्ति समाजको आग्रह | इरानसँगको सम्झौता निकै नजिक पुगेको अमेरिकी उपराष्ट्रपति जेडी भान्सको दाबी |

संसद भित्र एमालेको नारा, बाहिर प्रहरीकाे लाठी प्रहार

संसद भित्र एमालेको नारा, बाहिर प्रहरीकाे लाठी प्रहार

काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठकमा आजपनि एमालेका सांसदहरूले नाराबाजी गरेका छन् । राष्ट्रपति कार्यालयबाट संसदको १० औँ अधिवेशन सुरु भएको पत्र सभामुख अग्निप्रसाद सापकोटाले वाचन गरेलगत्तै एमालेका सांसदहरू रोष्ट्रम अगाडि पुगेर नाराबाजीमा उत्रिए ।

एमालेको अवरोधकैबीच संसद् अधिवेशन अघि बढ्यो । एमाले विभाजनमा सभामुख सापकोटाको प्रमुख भूमिका रहेको भन्दै संसद् अवरुद्ध गर्दै आएको प्रमुख प्रतिपक्ष दल एमालेकी प्रमुख सचेतक शान्ता चौधरीले बताइन् ।

यस अघि संसदको नवौँ अधिवेशनका सबै बैठकमा पनि एमाले सांसदहरूले नाराबाजी गरेका थिए । मंगलबारबाट सुरु भएको १०औँ अधिवेशनको पहिलो बैठकमा पनि उनीहरूले नाराबाजी गरे । सभामुखले एमालेले कारबाही गरेका सांसदहरुलाई संसदमा कारबाही नगरेसम्म अवरोध कायमै रहने एमाले साँसद रविन्द्रराज शर्माले बताए ।

एमालेको विरोधकाबीच सरकारले सदनमा ६ वटा अध्यादेश पेश गरेको छ । मंगलबारको प्रतिनिधिसभाको बैठकमा सरकारले ६ अध्यादेश पेश गरेको हो । विभिन्न मन्त्रालयका तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडुले ६ अध्यादेश सदनमा प्रस्तुत गरेको बताए । फरक प्रशंगमा बोल्दै बडुले प्रमुख प्रतिपक्ष अब सच्चिएर आउँन जरुरी रहेको बताए ।

नेपाल प्रहरी, तेजाब तथा रासायनिक पदार्थको नियमन, सामाजिक सुरक्षा, रेल्वे, यौन हिंसा तथा फौजदारी कार्यबिधीसम्बन्धी अध्यादेश, रेल्वे अध्यादेश, यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश र फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश बैठकमा बडुले पेस गरेका हुन् ।

अध्यादेश पेसपछि पनि एमाले सांसदको विरोध नरोकिएपछि सभामुख सापकोटाले बैठक पुस ६ गतेसम्मका लागि स्थगित गरेका छन् । यसैबीच यता संसद् बाहिर २६ दलिय मोर्चाले पनि अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीको विरोधमा कडा प्रदर्शन गरेका छन् ।

एमसीसी संसदबाट पारित नगर्न भन्दै नेकपा माओवादी विप्लपलगायतको मोर्चाले शान्तिपूर्ण विरोध प्रदर्शन गर्दा प्रहरीले हस्तक्षेप गरेको छ । प्रहरीको लाठी प्रहारबाट धेरै कार्यकर्ताको टाउकोमा गम्भिर चोट लागेको छ ।

एमसीसी सम्झौता संसद्बाट पारित नगर्न खबरदारी गर्दै संसद भवन नयाँ बानेश्वर अगाडि प्रदर्शन गरिरहेका उनीहरुमाथि पानी ट्यांकीनजिकै प्रहरीले लाठीचार्ज गरेको हो ।

 


Thali Mobile Pvt.Ltd.