भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

सगरमाथा ग्याँस कारखानामा बिष्फोट, एकको मृत्यु, ६ जना घाइते

सगरमाथा ग्याँस कारखानामा बिष्फोट, एकको मृत्यु, ६ जना घाइते

ललितपुर । पाटन औद्योगिक क्षेत्रमा रहेको सगरमाथा ग्याँस कारखानामा बिष्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन ।

घटनास्थलमै एक जनाको मृत्यु भएको छ भने अन्य घाइतेलाई उपचारका लागि अस्पताल लगिएको छ ।

मृतक र घाइते कारखानामा काम गर्ने मजदुरहरु रहेको प्रहरीले जनाएको छ । पाटन र बीएण्डबी अस्पतालमा घाइतेको उपचार भइरहेको छ ।

कारखाना भित्र अहिले पनि छिर्ने अवस्था कम रहेको ललितपुर प्रहरीले बताएको छ ।

यसैवीच गृहमन्त्री खाणले गृहसचिव टेकनारायण पाण्डे, ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय, महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक यज्ञविनोद पोखरेल र सशस्त्र प्रहरीका ललितपुर प्रमुख उपरीक्षक विकास घिमिरेलाई घाइतेको तत्काल उद्धार र घटनाको तत्काल छानबिन निर्देशन दिएका छन् ।

अक्सिजन भर्ने क्रममा एक्कासी विस्फोट भएको महानगरीय प्रहरी परिसर, ललितपुरले जनाएको छ । प्लान्टमा कार्यरत अन्य श्रमिकलाई भने प्रहरीले उद्धार गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.