सञ्चालकसहित तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी

सञ्चालकसहित तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी

रौतहट । गरुडामा रहेको श्रीराम सुगर मिल्सका सञ्चालकसहित तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

रौतहटका उखु किसानको बक्यौता रकम भुक्तानी नगरेको भन्दै उखु उत्पादक संघ समेत किसानहरुले श्रीराम सुगर मिल्सका सञ्चालकमाथि बुधवार ठगी मुद्दा दायर गराएका थिए । ४६ जना उँखु किसानहरुले सँयुक्त रुपमा जिल्ला प्रहरी कार्यालय रौतहटमा ठगी मुद्दा दर्ता गराए पछि जिल्ला अदालत रौतहटले श्रीराम सुगर मिल्सका सञ्चालकसहित तीन जनाविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ ।

सञ्चालक हितेश गोल्छा, सञ्चालक विशाल अग्रवाल र श्रीराम सुगर मिल्स गरुडाका कार्यकारी उपाध्यक्ष पद्मकान्त झालाई पक्राउ गर्न पुर्जी जारी भएको सुरक्षा श्रोतले जानकारी दिएको छ । पक्राउ पुर्जी जारी भएका व्यक्तिहरुको खोजतलाशका लागी आवश्यक समन्वय भइरहेको प्रहरी श्रोतको दाबी छ ।

 


Thali Mobile Pvt.Ltd.