भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

सञ्चालकसहित तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी

सञ्चालकसहित तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी

रौतहट । गरुडामा रहेको श्रीराम सुगर मिल्सका सञ्चालकसहित तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

रौतहटका उखु किसानको बक्यौता रकम भुक्तानी नगरेको भन्दै उखु उत्पादक संघ समेत किसानहरुले श्रीराम सुगर मिल्सका सञ्चालकमाथि बुधवार ठगी मुद्दा दायर गराएका थिए । ४६ जना उँखु किसानहरुले सँयुक्त रुपमा जिल्ला प्रहरी कार्यालय रौतहटमा ठगी मुद्दा दर्ता गराए पछि जिल्ला अदालत रौतहटले श्रीराम सुगर मिल्सका सञ्चालकसहित तीन जनाविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ ।

सञ्चालक हितेश गोल्छा, सञ्चालक विशाल अग्रवाल र श्रीराम सुगर मिल्स गरुडाका कार्यकारी उपाध्यक्ष पद्मकान्त झालाई पक्राउ गर्न पुर्जी जारी भएको सुरक्षा श्रोतले जानकारी दिएको छ । पक्राउ पुर्जी जारी भएका व्यक्तिहरुको खोजतलाशका लागी आवश्यक समन्वय भइरहेको प्रहरी श्रोतको दाबी छ ।

 


Thali Mobile Pvt.Ltd.