भर्खरै : Sorry, your browser does not support inline SVG.
दूध नपाउँदा चितवन मिल्क उद्योग ठप्प, भारततर्फ दूध निर्यात बढेपछि कच्चा पदार्थको संकट | युरोपमा डढेलोको कहर : फ्रान्स–स्पेनमा आपत्कालीन अवस्था, लाखौँ प्रभावित | पाँच प्रदेशमा एमाले–नेकपाबीच नेतृत्व बाँडफाँट, मधेश र गण्डकीमा अन्य दलसँग परामर्श | विद्युत् बिलमा भ्याट विवाद : प्राधिकरणले आन्तरिक राजश्व विभागसँग माग्यो स्पष्ट राय | शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि भारतमा पाँच सातादेखिको विद्यार्थी आन्दोलन स्थगित | बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना | हुथीको समुद्री नाकाबन्दीको धम्कीबीच साउदी तेल बोकेका ट्याङ्करले बाब अल–मन्देब स्ट्रेट पार | किभमा रुसी ब्यालिस्टिक मिसाइल आक्रमण, १५ जनाको मृत्यु, करिब १०० घाइते |

सट्टेबाजीको आरोपमा ८ जना पक्राउ, ३४ लाख ६२ हजार बरामद

सट्टेबाजीको आरोपमा ८ जना पक्राउ, ३४ लाख ६२ हजार बरामद

काठमाडौं । युरोपका ११ वटा शहरमा जारी युरोकप फुटबलमा सट्टेबाजी गराएको आरोपमा प्रहरीले काठमाडौंबाट ८ जनालाई पक्राउ गरेको छ । राजेन्द्र श्रेष्ठ प्रधान ‘आरके’ सहित ८ जना पक्राउ परेका हुन् ।

आरोपीहरुको साथबाट ३४ लाख ६२ हजार बरामद गरिएको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्र कुवेर खापुङले बताए । आरोपीहरुलाई काठमाडौंको बौद्ध, कुलेश्वर लगायतका ठाउँबाट नियन्त्रणमा लिएको उनको भनाइ छ ।

राजेन्द्र श्रेष्ठ प्रधान सहितको समुहले युरोकप र ब्राजिलमा जारी कोपा अमेरिका कप फुटवलमा अनलाइनमार्फत लाखौं हार जित हुनेगरी सट्टेबाजी गराएको बुझिएको छ ।

 


Thali Mobile Pvt.Ltd.