भर्खरै : Sorry, your browser does not support inline SVG.
कर्णालीलाई पर्दामा उतार्ने यात्रा: अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको तयारी पुरा | एक महिनामै ६१ हजारभन्दा बढी नेपाली विदेशिए रोजगारीका लागि | १९५०–५३ को युद्धमा मारिएका १२ चिनियाँ सैनिकका अवशेष चीन पठाइयो | कलङ्कीबाट स्रोत नखुलेको रकमसहित २ जना पक्राउ | साइबर अपराध बढ्दै, सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धान प्रभावित : आईजीपी कार्की | भक्तपुरको शैक्षिक गुणस्तर सुधारमा प्राध्यापकहरूको भूमिका महत्वपूर्ण : मेयर प्रजापति | सरकारी सफ्टवेयर र सूचना प्रविधि अध्ययन गर्न कार्यदल गठन | विपद् जोखिम न्यूनीकरणका लागि प्रभावकारी कार्ययोजना बनाएर अघि बढ्ने प्राधिकरण |

सत्ता जोगाउँन सांसद वलीलाई मुख्यमन्त्री शंकर पोखरेलले बन्धक बनाएको खुलासा

सत्ता जोगाउँन सांसद वलीलाई मुख्यमन्त्री शंकर पोखरेलले बन्धक बनाएको खुलासा

दाङ । मुख्यमन्त्री शंकर पोखरेलले आफूलाई बन्धक बनाएको लुम्बिनी प्रदेश सभा सांसद विमला खत्री वलीले आरोप लगाएकी छन् । शुक्रबार सम्पर्कविहीन भई ‘नाटकीय रूपमा’ बुधबार माओवादी केन्द्रको प्रदेश सभा संसदीय दलको सम्पर्कमा आएकी वलीले आफ्नो सरकार जोगाउन बन्धक बनाएको बताएकी हुन । एमाले संसदीय दलले निकालेको विज्ञप्ति झुटो भएको सांसद वलीले दावी गरिन् ।

वलीलाई बन्धक बनाएको प्रदेश सांसद दामा शर्माले बताएकी छन् । उनले भनिन्, ‘सांसद वलीलाई मुख्यमन्त्रीकै कार्यालयमा बन्धक बनाइएको रहेछ । ठूलो प्रयासपछि बुधबार हाम्रो सम्पर्कमा आउनुभएको छ ।’

वलीसँग सम्पर्कमा रहेकी माओवादी केन्द्रकी प्रदेश सांसद दामा शर्माको यो भनाइले बन्धक बनाउने मुख्यमन्त्री पोखरेललाई कारबाही गरिनु पर्ने आवाज उठिरहेको छ । सांसद वलीले एमाले प्रवेश गरेको भनी सार्वजनिक विज्ञप्ति झुटो रहेको दाबी गरेकी छिन् ।

घटनाक्रमको नालीवेली बिहीबार (आज) पत्रकार सम्मेलनमा गर्ने वलीले बताएकी छन् । आफूलाई एमालेका स्थानीय नेताहरूले उपचारका लागि दाङबाट नेपालगन्ज लैजाने भन्दै बुटवल पुर्‍याएर मुख्यमन्त्री कार्यालयमा बन्धक बनाएको दाबी वलीको छ ।

Mohotsav


Thali Mobile Pvt.Ltd.