भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

नेपालीहरु युएई जान पीसीआर नेगेटिभ रिपोर्ट अनिवार्य

नेपालीहरु युएई जान पीसीआर नेगेटिभ रिपोर्ट अनिवार्य

काठमाडौं । नेपाली नागरिकहरु विहिबारबाट संयुक्त अरब इमिरेट्स (युएई) जान पाउने भएका छन् । कोरोनाविरुद्धको खोप लगाएका नेपाली नागरिक विहिबारदेखि युएई जान पाउने भएका हुन । युएईले विहिबारदेखि लागू हुने गरी नेपालसहित अन्य ५ मुलुकका नागरिकलाई प्रवेश खुला गरेपछि युएईको भिसा भएका तर खोप नलगाएका व्यक्तिले पनि ४८ घण्टाको पिसिआर नेगेटिभ रिपोर्ट अनिवार्य देखाएपछि युएई जान पाउने जनाइएको छ ।

प्रवेशका लागि उनीहरूले युएई सरकारको अनुमति भने लिनुपर्नेछ । त्यसरी युएई प्रवेश गर्ने व्यक्तिको हकमा नेपालको विमानस्थलमा र्‍यापिड टेस्ट हुने, युएईको विमानस्थलमा अवतरण भएपछि पिसिआर परीक्षण हुने तथा क्वारेन्टिन बस्नुपर्ने नियम लागु गरिएको छ ।
युएइको सरकारी निकायमा कार्यरत व्यक्ति, युएइमा कार्यरत स्वास्थ्यकर्मी, युएइका विद्यालय तथा विश्वविद्यालयका शिक्षक, युएइमा उपचार चलिरहेका व्यक्ति, विशेष मानवीय परिस्थिति भएका व्यक्तिले प्रवेश पाउनेछन् ।

 


Thali Mobile Pvt.Ltd.