भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

नेपालीहरु युएई जान पीसीआर नेगेटिभ रिपोर्ट अनिवार्य

नेपालीहरु युएई जान पीसीआर नेगेटिभ रिपोर्ट अनिवार्य

काठमाडौं । नेपाली नागरिकहरु विहिबारबाट संयुक्त अरब इमिरेट्स (युएई) जान पाउने भएका छन् । कोरोनाविरुद्धको खोप लगाएका नेपाली नागरिक विहिबारदेखि युएई जान पाउने भएका हुन । युएईले विहिबारदेखि लागू हुने गरी नेपालसहित अन्य ५ मुलुकका नागरिकलाई प्रवेश खुला गरेपछि युएईको भिसा भएका तर खोप नलगाएका व्यक्तिले पनि ४८ घण्टाको पिसिआर नेगेटिभ रिपोर्ट अनिवार्य देखाएपछि युएई जान पाउने जनाइएको छ ।

प्रवेशका लागि उनीहरूले युएई सरकारको अनुमति भने लिनुपर्नेछ । त्यसरी युएई प्रवेश गर्ने व्यक्तिको हकमा नेपालको विमानस्थलमा र्‍यापिड टेस्ट हुने, युएईको विमानस्थलमा अवतरण भएपछि पिसिआर परीक्षण हुने तथा क्वारेन्टिन बस्नुपर्ने नियम लागु गरिएको छ ।
युएइको सरकारी निकायमा कार्यरत व्यक्ति, युएइमा कार्यरत स्वास्थ्यकर्मी, युएइका विद्यालय तथा विश्वविद्यालयका शिक्षक, युएइमा उपचार चलिरहेका व्यक्ति, विशेष मानवीय परिस्थिति भएका व्यक्तिले प्रवेश पाउनेछन् ।

 


Thali Mobile Pvt.Ltd.