भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

सफेद झूठको पर्दाफास: विभिन्न व्यक्तिको नाम जोडेर बदनाम गर्न खोजियो भन्छन् लामिछाने

सफेद झूठको पर्दाफास: विभिन्न व्यक्तिको नाम जोडेर बदनाम गर्न खोजियो भन्छन् लामिछाने

काठमाडौं । कपोलकल्पित ढंगले आफुलाई बदनाम गर्न खोजिएको टिएनयु इन्टरनेशनल प्रालिका एकल शेयरधनी गम बहादुर लामिछानेले बताएका छन् । विभिन्न अनलाइनमा ठग भनेर समाचार छापिएको प्रति खेद प्रकट गर्दै लामिछानेल आफु त्यस्ता कुनैपनि गतिविधिमा संलग्न नरहेको बताएका छन् ।

लमजुङ, घनपोखराका गमबहादुर लामिछानेले २०७६ वैशाख १६ गते उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय कम्पनी रजिष्टारको कार्यालयमा कम्पनी दर्ता प्रमाण पत्र प्राप्त गर्दै टियान यू इन्टरन्यासनल नामको कम्पनी दर्ता गर्दछन् । सो कम्पनीले भरतपुर महानगरपालिका वडा नं. ५ चितवन जिल्लामा जनावरको आहारा उत्पादन गर्ने उदेश्य राख्दछ ।

उद्योग संचालन आफै गमबहादुर लामिछाने रहेको प्रमाणले प्रष्ट पारेको छ । भने यसको रजिष्टर्ड कार्यालय काठमाडौं महानगरपालिका वडा नं. १० बिजुलीबजारमा रहेको छ । यस कम्पनीले विशेष गरी घाँस उत्पादन तथा प्रशोधन गरी जनावरको लागि आहारा उत्पादन गरी निर्यात गर्ने उदेश्य राखेर सुरुवात गरेको छ ।

कम्पनीलाई चाहिने जग्गा, सवारी साधन, आवश्यक उपकरण खरिद गरी काम थालेको छ । कम्पनीले एक अर्बको अधिकृत पूँजी अन्तरर्गत एक सयका दरले दश लाख थान शेयर समेत विभाजन गरेको देखिन्छ । कम्पनीका सस्थापकले तत्काल चुक्ता गर्नु पर्ने पूजी रु दश लाख गरेर कम्पनी चलाएको देखिन्छ ।

२०७७ भदौ ११ गते शेयरधनी, कम्पनी र Zuoyun Yang (pp no E51080421) बीच ८ लाख थान शेयर खरिद गर्ने विदेशी लगानी भित्राउने सम्झौता सम्पन्न हुन्छ । तर Zuoyun Yang ले सो सम्झौता अनुसार ८,००,०००। थान शेयर खरिद गर्न नसकेर सम्झौताको दफा २० अनुसार खारेज भएको उद्योग विभागमा दर्ता भएको १३४१ नम्वरले देखाएको छ । सो पत्र अनुसार Zuoyun Yang को लगानी स्वीकृत खारेज गरिएको प्रष्ट छ ।

बिदेशीको लगानीमा सामाखुशी चोकबाट ग्राण्डी हस्पिटल जाने टोखा रोडमा छ करोड पचास लाख रुपैयाँ घर भनेर अनलाइनमा समाचार छाप्न लगाएर बदनाम गर्न खोजिएको कुरा गलत भएको गमबहादुरले बताएका छन् । त्यसको कुनै तुक र आधार नभएको उनको भनाई छ । समाचारमा विभिन्न् व्यक्तिका नाममा काटिएका चेक समेत राखेर कपोलकल्पित समाचार बनाएको भन्दै खेद प्रकट गरेका छन् ।

नागरिक्ताको प्रतिलिपि समेत राखेर आफुलाई गलत सावित गर्न खोज्ने सफेद झूठको भ्रममा नपर्न समेत अनुरोध गरेका छन् ।  चितवनमा आफ्नोे ठूलो घाँस फयाक्ट्री छ भन्दै अरुलाई नै घाँस हाल्दै आएका भनेर अनलाइनमा भ्रम छरेको भन्दै चितवनमा आफ्नो घाँस उत्पादन गर्ने कम्पनी रहेको साँचो कुरा भएकाे बताए ।

बिदेशीलाई न रुनु,न मर्नु र न हाँस्नुको अवस्थामा पुर्याइएको भन्ने कुराको खण्डन गर्दै उल्टै चाङ्गले नेपालीलाई मुर्गा बनाएको दावी गरे । उनले यदि ८ कराेड लगानी ल्याउछन् भने अझै पनि टियान यू इन्टरन्यासनल कम्पनीमा नेपाल राष्ट्र बैंकसंगकाे सम्झाैता खारेज भए पनि काम गर्ने वातावरण बनाउन सकिने बताएका छन् ।

यति मात्र नभएर शेष घलेको नाम जोडेर आफुलाई बदनाम गराउन खोज्नु त्यो मुर्खता बाहेक अरुकेही सावित नहुने दावी उनको छ ।गमबहादुरले मालपोतमा घुसै घुस खुवाएर काम गराएको भनेर प्रचार गर्नेले घुस खाएको प्रमाणित गराएमा आफू कानून बमोजिम कारवाही भोग्न तयार रहेका भन्दै आफ्नो चरित्र हत्या गर्न कसले किन उक्साइरहेको छ ? भनेर प्रश्न समेत गरे ।

यता डकुमेण्टहरुले पनि Zuoyun Yang संग जोडेर बजारमा फिजाईएका हल्लाहरु झूठ नै भएको देखाएको छ । अझ आफुलाई ओली सरकारसंग जोडेर भ्रष्टाचार गरेको छ भन्नु झन झूठको पराकाष्टा नै नागेको लामिछानेले बताएका छन् । समाजमा सचेत नागरिकले यस्तो गन्ध फैलाउनु कानूनले समेत छुट नदिने भन्दै उनले सत्य तथ्य कुरा लेख्न अनुराेध गरे ।

यता चाङ्ग चिनस्याङ्ग पक्षले पनि कम्पनीकाे शेयरमा दावी गरिरहेकाे छ भने आफुसंग प्रमाण रहेको र छिटै कुरा गर्ने जनाएको छ । तर त्यस कम्पनीमा काम गर्ने कामदार (मजदुरहरू)ले टियान यू इन्टरन्यासनल कम्पनीकाे नाममा चाङ्ग (नेपाली नाम कुवेर श्रेष्ठ) की श्रीमति अनिता (Zhang Hongyun) ले ललितपुरमा आर्थिक संकलन गरेकाे र मजदुरकाे ज्याला समेत नदिएर कामदारलाइ धम्क्याउने समेत गरेकाे बताएका छन् ।

यस्ताे छ कम्पनी र सम्झाैता…

जहाँ सम्म याे चेककाे कुरा उठाएर बदनाम गर्न खाेजिएकाे छ, त्याे चेक घर खरिदकाे सम्झाैता हेर्दा नै प्रष्ट हुन्छ । कि कुन प्रयाेजनका लागि चेक दिइएकाे हाे भन्ने कुरा । विभिन्न आराेप प्रत्याराेप गरेर ठग भन्दै अर्काकाे मानहानी र अपमान गर्न मिल्छ कि मिल्दैन ? भन्दै उनले के गर्न खाेजेका हुन भनेर गमबहादुरले प्रति प्रश्न समेत गरेका छन् ।

check ghar ko samjhauta

 


Thali Mobile Pvt.Ltd.