भर्खरै : Sorry, your browser does not support inline SVG.

सरकारद्वारा विभिन्न विधाका स्रष्टा पुरस्कृत

सरकारद्वारा विभिन्न विधाका स्रष्टा पुरस्कृत

काठमाडाैं । सरकारले नेपाली भाषा, साहित्य, संस्कृति र नाट्य विधामा विशिष्ट योगदान गर्ने विभिन्न स्रष्टा र सर्जकलाई पुरस्कृत गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विभिन्न स्रष्टालाई राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार, महाकवि लक्ष्मीप्रसाद देवकोटा पुरस्कार, भगत सर्बजित मानव मर्यादा राष्ट्रिय पुरस्कार, गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार तथा इतिहास शिरोमणि बाबुराम आचार्य पुरस्कार प्रदान गरेको हो ।

मन्त्रालयले विभिन्न नौ विधाका पुरस्कार ४३ स्रष्टालाई प्रदान गरेको छ । ती सबै पुरस्कार पर्यटन मन्त्रालयद्वारा आज नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक समारोहबीच प्रधानमन्त्री शेरबहादुर देउवाले वितरण गर्नुभयो । जनही रु एक लाख राशिको राष्ट्रिय तथा प्रादेशिक पुरस्कार विभिन्न विधाका चार स्रष्टालाई प्रदान गरिएको छ । भाषा एवं साहित्य विधातर्फ सङ्खुवासभाका सोमराज ‘अभय’९कट्टेल०, संस्कृति विधातर्फ काठमाडौँका डा रमेश ढुङ्गेल, ललितकला विधातर्फ झापाका हेम पौड्याल र सङ्गीत तथा नाट्य विधातर्फको पुरस्कार हरिवंश आचार्यलाई प्रदान गरिएको छ । उहाँहरुलाई नगदसहित ताम्रपत्रद्वारा पुरस्कृत गरिएको छ ।

जनही रु ५० हजार राशिको प्रादेशिक प्रतिभा पुरस्कारबाट भाषा एवं साहित्य विधामा धनकुटाका डा यज्ञेश्वर निरौला, जनकपुरका अयोध्यानाथ चौधरी, धादिङका डा हरिप्रसाद सिलवाल, पर्वतका डा बालकृष्ण अधिकारी, अर्घाखाँचीका विष्णुबहादुर सिंह र दैलेखका बखतबहादुर थापा सम्मानित हुनुभएको छ ।

यस्तै संस्कृति विधातर्फ ओखलढुङ्गाका डा लाल श्याँकारेलु रापचा, जनकपुरका विजय किशोर पाण्डेय, काठमाडौँका जुनु मैयाँ बासुकला, लमजुङका लालबहादुर भुजेल, दाङका डा राजकुमार सेवदी, दैलेखका नारायणप्रसाद तिमिल्सेना र डोटीका डा त्रैलोक्यनाथ जोशी पुरस्कृत हुनुभएको छ ।

ललितकला विधामा क्रमशः छितेन शेर्पा ९झापा०, पुनम कुमारीदेवी ९महोत्तरी०, जवीन राजोपाध्याय ९काठमाडौँ०, तिलकप्रसाद पुन ९पोखरा०, खेमबहादुर विक ९रुपन्देही०, कोशलकुमार हमाल ९मुगु० र महेन्द्र पुन मगर ९डडेल्धुरा०लाई पुरस्कृत गरिएको छ । सङ्गीत तथा नाट्य विधामा प्रादेशिक प्रतिभा पुरस्कार सुगम पोखरेल ९मोरङ, रामनारायण ठाकुर ९जनकपुरधाम०, नवीन पौडेल ९काठमाडौ०ँ, केशरी घर्ती मगर ९पोखरा’, उन्नती बोहरा ९रुपन्देही०, उत्तम शर्मा ९उत्तरगङ्गा ० र अम्बरबहादुर लामा ९डोटी० पुरस्कृत हुनुभएको छ ।

मन्त्रालयले महाकवि देवकोटा पुरस्कार, २०७८ बाट कविता÷काव्य विधामा डा बेञ्जु शर्मा काठमाडौँ, निबन्ध÷समालोचनामा रामकुमार श्रेष्ठ तनहुँ, खद्दाखना÷नाटकतर्फ डा पुष्करराज भट्ट कैलाली, बालसाहित्य÷लोकसाहित्यमा विजय चालिसे काठमाडौँ, र भाषासाहित्य विधामा आरडी, प्रभास चटौत डडेल्धुरालाई पुरस्कृत गरिएको छ ।

त्यस्तै भगत सर्बजित मानव मर्यादा राष्ट्रिय पुरस्कार–२०७८ बाट पुरस्कृत हुनुहुनेमा कञ्चनपुरका लालबहादुर विश्वकर्मा, काठमाडौँका खगेन्द्र सङ्ग्रौला र जुम्लाका डा गोविन्द नेपाली हुनुहुन्छ । यो पुरस्कारको राशि जनही रु एक लाख र ताम्रपत्र रहेको छ ।

गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार, २०७९ कविता विधामा दाङ्का डा अमरराज गिरी र नाटक विधाको पुरस्कार विराटनगरको झोराहाट नाट्य समूहलाई प्रदान गरिएको छ । त्यसैगरी मन्त्रालयले यसैवर्षदेखि सुरु गरेको इतिहास शिरोमणि बाबुराम आचार्य पुरस्कार २०७८ प्रा डा त्रिरत्न मानन्धरलाई प्रदान गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.