व्रिटिशबाट स्वतन्त्र भैसके पछि पनि भारतले जबर्जस्त नेपालकाे सीमा मिचिरहेकाे छ । यतिमात्र हाेइन नेपाल र नेपाली माथि नाङ्गो दादागिरी गरिरहेकाे छ । भारतले जसरी सिक्किम निल्याे त्यसरी नै नेपाललाई आफ्नो पन्जामा राख्न चाहान्छ । जम्मु कस्मिरिहरुसंग फसिरहेकाे भारत फेरी नेपाल माथि जाइ लागिरहेकाे छ ।
नेपाल एक सार्वभाैम देश हाे भन्ने हेक्का राख्दा राख्दै पनि जाइलागिरहनुकाे पछाडिकाे रहस्य हाे नेपाली शासकलाइ रैती ठान्नु । स्वतन्त्ररूपमा रहेकाे नेपाल हेर्न चाहेकाे छैन भारतले । भारतीय शासकहरु के नेपालीलाइ उपनिवेश बनाउन चाहेकै हुन त ? हाेइन भने भारत किन विभिन्न तरिकाद्वारा नेपाल माथि पकड जमाउन चाहन्छ ?
यी हर्कत हेराैं…
पहिलो – नेपालका विभिन्न भागमा विवाद सृजना गर्दै नेपाली भूमी अतिक्रमण गर्दै तराईकाे भाग आफ्नो बनाउन खाेज्नु ।
दोस्रो – विभिन्न सन्धि सम्झौताका नाममा नेपालकाे जल, जङ्गल र जमिन कब्जा गर्ने दाउमा लाग्नु ।
तेस्रो – तराईकाे क्षेत्रबाट भारतीयलाई नागरिकता दिलाउने र नेपाललाई अल्पमतमा पारेर भारतीयको जनसंख्या बढाउने र स्वाएत्त मधेषको नारामा नेपाललाई विभाजन गर्ने ।
चौथो – नेपालमा बसाेवास गर्ने जनजाती, ब्राह्मण, क्षेत्री र दलितबीच जातीय मतभेद शृजना गर्ने र एक आपसमा भिडाउने । मधेषी र पहाडीबीच कटुट्ता पैदा गरेर प्रभावमा पारिरहने ।
पाँचौ – नेपालमा मधेषीलाइ उचालेर आफ्ना एजेण्डा तयार गरी उनीहरूलाई आफ्नो ओरिपरी घुमाइ रहने । नेपालमा आन्तरिक द्वन्द्वकाे सृजना गरी भुमरीमा पारीरहने ।
यस्ताे कार्य अर्थात आगोमा घ्यू थपिरहने काम गान्धी र नेहेरुको पाला देखि आज नरेन्द्र मोदीसम्म चलीरहेकाे छ । कोशी, गण्डकी, माहाकाली सम्झौताले के देखाउछ ? आज नेपाल सरकारले १८१६ को सुगौली सन्धि अनुसार भारतले कब्जा जमाएर बसिरहेकाे जमिन कालापानी, लिम्पियाधुरा, लिपुलेख याे नेपालकाे अाफ्नाे जमिन नेपालले नक्सामा राख्दा सांसद सरिता गिरीले विरूद्वमा किन बाेल्नु पर्याे ?
नेपालले हिजाे देखि नै समस्यामा परेकाहरूलाइ सरण दिने गरेकाे छ । चीनसंगकाे युद्वमा थनथिलाे परेर लखतरान भएका भारतीय सेनाले नेपालसंग गुहार मागेपछि नेपालले कालापानीमा बस्न मात्र दिएकाे हाे । नकि जग्गा कब्जा गराेस भनेर हाेइन । सरण मागिसकेपछि टिठमानेर भारतीय सेनालाई कालापानीमा बस्न दिनु नेपालकाे भुल ठान्नु गलत छ । त्यतिबेला नेपालले डर त्रासले बस्न दिएका हाेइन, भारतकाे टिठ मानेर बस्न दिएकाे हाे । यसकाे हेक्का राखाेस भारत अनि भारतीय एजेण्टले ।
केही दिन यता नेपालकाे संसदमा नेपाली एक साँसद सरिता गिरीले कालापानी, लिपुलेख र लिम्पियाधुरा भारतकाे हाे भनेर कुर्लनुले केही भारतीय एजेण्टकाे पहुँच नेपालको संसदमा रहेछ भन्ने कुराकाे पुष्टी हुन आँउछ । हाेइन भने नेपालकाे सार्वभाैमिक्ताकाे प्रश्नमा सरीताकाे त्यत्राे ढाडस किन ? भारतको हितमा काम गर्नु र नेपालकाे विरूद्वमा बाेलिरहनुकाे कुनै तुक छैन ।
२०४६ को परिवर्तन पछि भारतको नाङ्गो दादागिरी नेपाल र नेपालीहरूले खेपिरहेकाे देखिन्छ । मधेषीदलहरूलाइ लालच देखाएर, उनीहरूलाइ झुक्याएर बिहारीहरुलाई नागरिकता दिनुकाे परिणाम हाे आज सरिता गिरी जस्ता देशद्रोही जन्मिनु ।सरिता गिरी त एक प्रतिनिधि पात्र न हाे । यस्ता त लुकेर बसेका देशद्राेही कति छन् कति । जाे विस्तारै टाउकाे उठाउदै छन् ।
अब पनि नेपाल सरकार र नेपाली जनता साँचाे मानेमा यस्ता देशद्राेहीलाई मुन्ट्याउदै देश निकाला गर्न चुकेभने नेपालकाे अस्तित्व नामेट हुनेछ । त्यसैले नेपालीलाइ याे पनि हेक्का छ कुमाउ, गढवाल, टिष्टा र कागडा खैर टिष्टा देखि सतलज सम्मको सम्पुर्ण भूगोल नेपालकाे हो । यो कुराकाे हेक्का नेपाली हाे किन भएन सरीता गिरीलाइ ?
भारतीय दलाल हाे भन्ने कुरा उनी आफैले पुष्टी गरिदिएकी छन् । नेपालकाे राष्ट्रभाषा नेपाली हाे भन्ने कुरा थाह पाउदा पाउदै हिन्दीमा कुर्लनु नेपाली जनतालाइ पचेकाे छैन । त्यसैले सरकारले अब नेपाली नागरिकता लिएका बिहारीहरुलाई देश निकाला गर्नु पर्छ ।
मैथिली, भोजपुरी भाषालाई प्राथमिकता दिएर हिन्दी भाषामा संसदमा बोल्नेहरुलाई कारबाही गर्नु पर्छ । राष्ट्रकाे हितमा हिमाल, पहाड तराइ, मधेषबासी सबै नेपाली एकजुट भएका बेला सरकारले जनताकाे मर्म बुझ्न जरूरी छ । पार्टीकाे नीजि विचार भन्दा माथी उठेर नेपाल र नेपालीले एक पटक इतिहास रच्ने बेला आएकाे छ । (लेखकका नीजि विचार हुन)
लेखक- लक्ष्मीकमल न्याैपाने, दैलेख
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाईंले ८ करोड थैली कायम गरी खरिद गरेको जग्गा दुई दिनपछि बैंकमा धितो राखेर १ अर्ब ७४ करोड ऋण लिएको देखिएको छ । खरिद गरेको...
काठमाडौं । बृहत् शान्ति सम्झौता भएको पनि १७ वर्ष पुरा भएको छ । युद्धका घाउमा अझै मलहम लगाउन सकिएको छैन । अशान्ति फेरी हुन थालिसकेको छ । त्यही शान्ति...
हो म सानो छु किनकी मेरो कद सानो छ । उमेर सानो छ, सायद सोच पनि सानै होला ? तिमी ठूलो छौ, किन कि तिम्रो उचाईं ठूलो छ तर,...
विश्वमा धेरै धर्म छन् । अनुयायीहरू पनि त्यतिकै संख्यामा छन् । धर्म–धर्मको बीच आलोचना गर्नु राम्रो पक्ष होइन । संसारमा धर्मकै कारण कयौँ युद्धहरू भएका छन् । कयौँ मानिसको...