भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने |

सरकारले पाँच अस्पताल प्रदेश मातहत ल्यायो

सरकारले पाँच अस्पताल प्रदेश मातहत ल्यायो

काठमाडौं । सरकारले स्थानीय तहको मातहतमा रहेका पाँच अस्पताललाई प्रदेश सरकार मातहतमा राख्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न  आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले वाग्मती प्रदेश सरकारको निर्णयलाई स्वीकृत गर्दै स्थानीय तह रहेका पाँच अस्पताललाई प्रदेश सरकार मातहतमा राखिएको बताउनुभयो । उहाँका अनुसार चरीकोट अस्पताल दोलखा, मेथिनकोट अस्पताल काभ्रे, बज्रबाराही चापागाउँ अस्पताल ललितपुर, बकुलर रत्ननगर अस्पताल चितवन र टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्र काठमाडौँ रहेका छन् ।

उहाँले ती सबै अस्पताल प्रदेश मातहतमा राख्ने निर्णय वाग्मती प्रदेश सरकारले निर्णय गरेपछि मन्त्रिपरिषद्ले निर्णय गरेको बताउनुभयो । यस्तै बैठकले राजपत्राङ्कित प्रथम श्रेणीका सहसचिव डा पे्रमनारायण कँडेललाई कृषि तथा वन सेवाको सामुहीकरण ९क्लष्टर० तर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा बढुवा गर्ने निर्णय गरेको छ । यस्तै सरकारले राजपत्राङ्कित विशिष्ट श्रेणीका तीन जनालाई सरुवा गर्ने निर्णय गरेको छ ।

सरकारका प्रवक्ता गुरुङका अनुसार तोयानारायण ज्ञवालीलाई प्रमुख सचिव मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लुम्बिनी प्रदेशबाट सचिव प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्जुनप्रसाद पोखरेललाई प्रमुख सचिव मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय प्रदेश नं २ बाट राजपत्राङ्कित विशिष्ट श्रेणी अतिरिक्त समूह र गोकर्णमणि दुवाडीलाई राजपत्राङ्कित विशिष्ट श्रेणी अतिरिक्त समूहबाट प्रमुख सचिव मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रदेश नं २ मा सरुवा गर्ने निर्णय गरेको छ । रासस

 


Thali Mobile Pvt.Ltd.