भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सरकारी आश्वासन समितिले दियो सरकारलाई कडा निर्देशन

सरकारी आश्वासन समितिले दियो सरकारलाई कडा निर्देशन

काठमाडौं । सरकारी आश्वासन समितिले नियमावली बनाएर भूउपयोग ऐन अनुसार काम अगाडि बढाउन सरकारलाई निर्देशन दिएको छ ।
राष्ट्रियसभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकले ऐन अनुसार काम गर्न सरकारलई निर्देशन दिएको हो ।  बैठकमा कृषिभूमि खण्डिकरण गर्ने मन्त्रीस्तरीय निर्णय कानुन सम्मत् नभएको भन्दै नियमावली बनाएर भूउपयोग ऐन अनुसार काम अगाडि बढाउन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई निर्देशन दिएको हो ।Parteyojan sameeeti

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले १८ भदौमा कृषि भूमि कित्ताकाट गर्न रोक्का गर्ने मन्त्रालयको निर्णय खारेज गर्नुभएको थियो । बैठकमा सांसदहरुले नियमावली नबनाई प्रशासनिक आदेशको भरमा निर्देशिका चलाउने काम प्रत्योजित  िवधायनको सिद्धान्तविपरीत भएको बताएका थिए । भू–उपयोग ऐन बनेको लामो समयसम्म पनि नियमावली नबनाई जग्गाको कित्ताकाट फुकुवा गर्नुले शंका उब्जेको सांसदहरुले बताएका थिए । कृषि भूमि खण्डिकरण गर्ने मन्त्रीस्तरीय निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिट हाल विचाराधीन छ ।

छलफलमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले नियमावली नबन्दासम्म यसअघिकै कानूनलाई टेकेर भूमि खण्डिकरण गर्ने निर्णय गरेको बताउनुभयो । उहाले भूमि खण्डिकरण गर्ने नाममा निकै बिकृती देखिएकाले नै हतारमा नै निर्णय गरिएको दावी गर्नुभयो । मन्त्रालयको निर्णय सुशासन कायम गर्ने नियत बाहेक अन्य केहि नभएको उहाको भनाई छ ।

 


Thali Mobile Pvt.Ltd.