भर्खरै : Sorry, your browser does not support inline SVG.
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो | भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो | शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री | डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी | रसुवा बाढीबाट सिक्नुपर्ने पाठ | बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता |

सल्यानमा लिफ्ट प्रविधिबाट पानीका धारा निर्माण

सल्यानमा लिफ्ट प्रविधिबाट पानीका धारा निर्माण

सल्यान । लाटीगार खोला किनारमा रहेको मुहानबाट एक गाग्री पानी ल्याउन आधा घण्टा भन्दा बढी समय खर्चिनुपर्थ्यो ।अहिले बागचौर नगरपालिकामा घरमै धारा आउँदा स्थानीय हर्षित छन्।

पानी ओसारेरै जीवन जाने भो भन्ने सोच्नु भएका गाउलेलाई आफ्नै घरको आगनमा पानीको धारा आएपछि सुरुका केही दिन सपना जस्तै महसुस गरेका थिए। हिउँदको समयमा रातको १ बजेसम्म लाइनमा बस्नु पर्ने बाध्यता थियो अहिले समयको बचत हुनुका साथै दुःखका दिन गएको अनुभुति भएको छ।

खानेपानीका लागि मुहान, कुवा र धारामा जाँदा लाग्ने समयको बचत, सरसफाइमा सहयोग पुग्नुका साथै करेसाबारी समेत बनाउन थालेको स्थानीयको भनाइ छ । ‘आँगनमै मिटर जोडेको धारा बनाएपछि आवश्यक परेको समयमा सहजै पानी प्रयोग गर्न पाएका छन।

बस्ती भन्दा झन्डै डेढ किलोमिटर तल जंगारखोलाबाट लिफ्ट प्रविधिबाट पानी तानेर बागचौर, थारमारे र लस्तम जिउलाका ३०० धरधुरीमा पानी वितरण गरिएको छ। सुरुमा १८० घरधुरीलाई लक्षित योजना निर्माण गरिए पनि अहिले ३०० घरधुरी लाभान्वित भएको बागचौर लिफ्ट खानेपानी आयोजनाका अध्यक्ष ज्ञानेश्वर केसीले बताइन्।

खानेपानी, सिँचाइ तथा उर्जा विकास कार्यालय सल्यानको श्रमदान सहित तीन करोड १६ लाख बजेटबाट योजना सम्पन्न भएको उहाँको भनाइ छ। वर्षौँदेखि खानेपानीको समस्यालाई भोग्दै आइरहेका तीन गाउँका स्थानीय लिफ्ट प्रविधिबाट पानी आएसँगै उक्त समस्याबाट मुक्ति पाएको केसीको भनाइ छ। ‘

एक घर एक धारा कार्यक्रम अन्तर्गत खानेपानीको समस्या भएका बस्तीहरूमा लिफ्ट प्रविधिबाट खानेपानीको व्यवस्था गर्दै आइरहेको खानेपानी, सिँचाइ तथा उर्जा विकास कार्यालय सल्यानका प्रमुख पदमराज देवकोटाले बताए।

 

 


Thali Mobile Pvt.Ltd.