भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवा जाने वैकल्पिक सडक स्तरोन्नतिमा मुख्यमन्त्री थापा आफैँ मैदानमा | भोटेकोशी बाढीको कहर : मृतक संख्या ९०३ पुग्यो, ४ हजारभन्दा बढी अझै सम्पर्कविहीन | चितवनमा पहिचान नखुलेका १०३ शव व्यवस्थापन, डीएनएबाट पहिचान खुले झिक्न सकिने | रसुवा–नुवाकोटका २६ स्थानमा राहत केन्द्र, ३ हजारभन्दा बढी प्रभावितलाई आश्रय | जेलबाट मादुरोको सन्देश : ‘हामी दृढ छौँ, भेनेजुएला पुनः उठ्नेछ’ | युद्ध र आर्थिक संकटको दोहोरो मारमा इरान, जनजीवन दिनप्रतिदिन कष्टकर | कृष्णभीरमा सडक अवरुद्ध भए पनि काठमाडौंमा अत्यावश्यक वस्तुको अभाव नहुने | जलविद्युत आयोजनाका सुरुङमा फसेकाको उद्धार जारी, पाँच सयभन्दा बढी सुरुङभित्र रहेको अनुमान |

सवारी साधनको आयु हटाउने सरकारी तयारी, ‘फलाम’का रुपमा अर्थ्याएको आरोप

सवारी साधनको आयु हटाउने सरकारी तयारी, ‘फलाम’का रुपमा अर्थ्याएको आरोप

काठमाडौं । २० वर्षपछि सार्वजनिक सवारी चलाउन नपाइने सरकारी व्यवस्था खारेज गर्न व्यवसायीले आग्रह गरेका छन् । गाडीलाई ‘फलाम’का रुपमा मात्र नअर्थ्याएर आयु तोक्न संघ र प्रदेश सरकारहरुमाथि व्यवसायीले दबाव दिएका थिए ।

दुर्घटना न्युनीकरण गर्ने तथा सवारी सुरक्षा बढाउने उद्देश्यले सरकारले २०७३ मा २० वर्ष पुगेका सवारी सञ्चालनमा रोक लगाएको थियो । २०७३ फागुनयता सडकमा उक्त गाडी चल्न दिएको छैन । निजी र सरकारी गाडीको भने आयु तोकिएको छैन ।

अब व्यवसायीको मागअनुसार सार्वजनिक सवारीको पनि आयु असीमित बनाउन सरकार उदार देखिएको छ । तर सरोकारवालाले भने उक्त २० पर्षे आयु यथावत राख्न माग गरेका छन् ।

आइतबार सातवटै प्रदेशका यातायात मन्त्रीहरुको यातायातसम्बद्ध अन्तरतह समन्वय बैठकमा २० वर्ष पुराना सवारी साधन चलाउन नपाइने २०७३ सालको निर्णय पुनरावलोकन गर्ने सहमति गरेका थिए ।

त्यसअनुसार कानुनी गृहकार्य पनि सुरु भएको यातायात मन्त्रालयका एक अधिकारीले बताए । पुराना सवारीलाई विशेष जाँचपास गराएर चल्न दिने व्यवस्था गर्ने तयारी भएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईको सचिवालयले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.