भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकालाई साथ दिने देशलाई इरानको कडा चेतावनी ‘शत्रु मानिनेछ’ | बागमतीमा होटल व्यवसायीको नयाँ पहल, पर्यटन मेला र १३ जिल्लामा संघ विस्तारको निर्णय | तारकेश्वरको जरङ्खुमा डोजरले जमिन काटेपछि पहिरो, ५० घर जोखिममा! | शिक्षा विधेयकमा सातै प्रदेशका सुझाव समेटिँदै, मन्त्रालयले थाल्यो समीक्षा | चितवन र मकवानपुरका मौरीघारमा विनाशकारी ‘सानो खपटे कीरा’ को सङ्क्रमण | सरकारसँग १४ बुँदे सहमतिपछि लघुवित्त पीडितको आन्दोलन स्थगित | गएराति विभिन्न ठाउँमा वर्षा, आज पनि केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना | गरिमा चौधरी हत्या प्रकरणमा सरकार झुक्यो, ३ बुँदे सहमति; कठोर सजायका लागि नयाँ कानुन बन्दै |

सशस्त्र प्रहरी बलका डिआइजी नारायणदत्त पौडेल एआईजीमा बढुवा

सशस्त्र प्रहरी बलका डिआइजी नारायणदत्त पौडेल एआईजीमा बढुवा

काठमाडौं । सशस्त्र प्रहरी बलकाको अतिरिक्त महानिरीक्षक (एआईजी)मा नारायणदत्त पौडेल बढुवा भएका छन् । बढुवा समितिको सिफारिस अनुसार शुक्रवार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरेको हो ।

वैशाख २१ मा गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डे नेतृत्वको बढुवा समितीले डीआईजी नारायणदत्त पौडेललाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो । एआईजीमा बढुवा भएसँगै पौडेल वर्तमान सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको कार्यकालपछि करिब २ वर्ष आईजीपी हुनुहुने छ । एआईजी बढुवाको प्रतिस्पर्धामा पौडेलसँगै सिपी गौतम, वंशीराज दाहाल र किशोर प्रधान थिए ।

यता नेपाल प्रहरीका डिआईजी बसन्तकुमार लामा पनि अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका छन् । वैशाख २३ मा बढुवा समितिले डिआईजी बसन्तकुमार लामालाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाका लागी सिफारिस गरेको थियो । लामा जेठ ८ बाट ५६ वर्षे उमेर हदका कारण अनिवार्य अबकाशमा जाँदैछन् । प्रहरीमा पाँच एआईजीको दरबन्दी रिक्त हुँदा सरकारले लामालाई मात्रै बढुवा गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.