भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

६८ हजार मतगणना हुुँदा हेटौंडा उपमहानगरपालिकामा गठबन्धनका उम्मेदवारकाे अग्रता

६८ हजार मतगणना हुुँदा हेटौंडा उपमहानगरपालिकामा गठबन्धनका उम्मेदवारकाे अग्रता

हेटौंडा । हेटौंडा उपमहानगरपालिकामा ६८ हजार ५३ मतगणना हुँदा पाँच दलीय गठबन्धनबाट नेकपा एकीकृत समाजवादीकी मीना लामाले फराकिलो अग्रता कायम गरेकी छन् । लामाले २० हजार ८०२ मत प्राप्त गरेकी छन् भने नेकपा एमालेका अनन्त पौडेलले १९ हजार २२६ मत प्राप्त गरेका छन् ।

उपमहानगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाटका उम्मेदवार दीपकबहादुर सिंहले १८ हजार ६३५ मत प्राप्त गरेका छन् । अहिलेसम्मको अवस्थालाई हेर्दा गठबन्धनका उम्मेदवार जितको नजिक पुगेका छन् ।

यसैगरी उपमहानगरपालिकाको उपप्रमुुख तर्फ पनि पाँच दलीय गठबन्धनका साझा उम्मेदवार नै अगाडी रहेका छन् । गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार राजेश बानियाँले २९ हजार ३२० मत ल्याएका छन् ।

बानियाँले २९ हजार ३२० मत ल्याउँदा नेकपा एमालेकी सुमित्रा काफ्लेले २१ हजार २३२ मत प्राप्त गरिन भने राप्रपाका उम्मेदवार इन्दिरा डल्लाकोटी न्यौपानेले ४ हजार ७१८ मत प्राप्त गरिन् ।

हेटौंडा उपमहानगरपालिकामा जम्मा ७३ हजार ४१४ मत खसेको थियो । उपमहानगरपालिकाको मतगणना लगभग आजै सकिने मुुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.