६८ हजार मतगणना हुुँदा हेटौंडा उपमहानगरपालिकामा गठबन्धनका उम्मेदवारकाे अग्रता

६८ हजार मतगणना हुुँदा हेटौंडा उपमहानगरपालिकामा गठबन्धनका उम्मेदवारकाे अग्रता

हेटौंडा । हेटौंडा उपमहानगरपालिकामा ६८ हजार ५३ मतगणना हुँदा पाँच दलीय गठबन्धनबाट नेकपा एकीकृत समाजवादीकी मीना लामाले फराकिलो अग्रता कायम गरेकी छन् । लामाले २० हजार ८०२ मत प्राप्त गरेकी छन् भने नेकपा एमालेका अनन्त पौडेलले १९ हजार २२६ मत प्राप्त गरेका छन् ।

उपमहानगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाटका उम्मेदवार दीपकबहादुर सिंहले १८ हजार ६३५ मत प्राप्त गरेका छन् । अहिलेसम्मको अवस्थालाई हेर्दा गठबन्धनका उम्मेदवार जितको नजिक पुगेका छन् ।

यसैगरी उपमहानगरपालिकाको उपप्रमुुख तर्फ पनि पाँच दलीय गठबन्धनका साझा उम्मेदवार नै अगाडी रहेका छन् । गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार राजेश बानियाँले २९ हजार ३२० मत ल्याएका छन् ।

बानियाँले २९ हजार ३२० मत ल्याउँदा नेकपा एमालेकी सुमित्रा काफ्लेले २१ हजार २३२ मत प्राप्त गरिन भने राप्रपाका उम्मेदवार इन्दिरा डल्लाकोटी न्यौपानेले ४ हजार ७१८ मत प्राप्त गरिन् ।

हेटौंडा उपमहानगरपालिकामा जम्मा ७३ हजार ४१४ मत खसेको थियो । उपमहानगरपालिकाको मतगणना लगभग आजै सकिने मुुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.