भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकालाई साथ दिने देशलाई इरानको कडा चेतावनी ‘शत्रु मानिनेछ’ | बागमतीमा होटल व्यवसायीको नयाँ पहल, पर्यटन मेला र १३ जिल्लामा संघ विस्तारको निर्णय | तारकेश्वरको जरङ्खुमा डोजरले जमिन काटेपछि पहिरो, ५० घर जोखिममा! | शिक्षा विधेयकमा सातै प्रदेशका सुझाव समेटिँदै, मन्त्रालयले थाल्यो समीक्षा | चितवन र मकवानपुरका मौरीघारमा विनाशकारी ‘सानो खपटे कीरा’ को सङ्क्रमण | सरकारसँग १४ बुँदे सहमतिपछि लघुवित्त पीडितको आन्दोलन स्थगित | गएराति विभिन्न ठाउँमा वर्षा, आज पनि केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना | गरिमा चौधरी हत्या प्रकरणमा सरकार झुक्यो, ३ बुँदे सहमति; कठोर सजायका लागि नयाँ कानुन बन्दै |

जुम्लामा पहिलो नेपाली काँग्रेस, दोस्रो माओवादी केन्द्र

जुम्लामा पहिलो नेपाली काँग्रेस, दोस्रो माओवादी केन्द्र

जुुम्ला । जुम्लामा नेपाली काँग्रेस पहिलो पार्टी बन्न सफल भएको छ । जिल्लाका आठ स्थानीय तहमध्ये काँग्रेस पाँच पालिकाका प्रमुख र तीन पालिकाका उपप्रमुखमा विजयी भएको हो । कूल ६० वडा रहेको जुम्लामा २६ वडा नेपाली काँग्रेसले जितेको छ ।

त्यसैगरी सत्तारुढ गठबन्धनको दोस्रो ठूलो दल नेकपा माओवादी केन्द्रले जिल्लाका दुई पालिकामा प्रमुख र चार पालिकामा उपाध्यक्षसहित १९ वडामा विजय हासिल गरेको छ । समग्र जिल्लामा नेकपा माओवादी केन्द्र दोस्रो स्थानमा रहेको छ भने नेकपा एकीकृत समाजवादीले एक गाउँपालिकाको उपाध्यक्षसहित छ वडामा विजय हासिल गरेर तेस्रो स्थानमा रहेको छ ।

त्यस्तै नेकपा एमालेले जिल्लाका कुनै पनि पालिकाको प्रमुख र उपप्रमुखमा विजय हासिल गरेको छैन् । एमालेले जुम्लाका छ वडामा जित हासिल गर्न सफल भएको छ । त्यस्तै जिल्लाको एक मात्र चन्दननाथ नगरपालिकाको नगरप्रमुखमा राजुसिंह कठायतले स्वतन्त्रबाट जित हासिल गरेका छन् ।

जिल्ला निर्वाचन कार्यालयले नेपाल मजदुर किसान पार्टीले एक वडा र स्वतन्त्र दुई वडामा निर्वाचित भएको जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.