काठमाडौं । ३५ वर्ष लामो इतिहास बोकेको दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा नेपालले १०० स्वर्ण जितेको छ । सागमा आफ्नो पहिलो र देशको १०० औं स्वर्ण जित्ने सौभाग्य तेक्वान्दोका खेलाडी सक्षम कार्कीलाई साैभाग्य जुरेकाे हो ।
आज सातदोबाटोमा भएको खेलमा ८७ केजी तौल समूहमा प्रतिस्पर्धा गरेका कार्कीले पाकिस्तानी खेलाडी वाकर अली शाहलाई २७–९ को स्कोरमा हराएका हुन् ।
स्वर्ण सहित देशको झण्डा फर्फराउन पाउँदा खुसीको सीमा नरहेको भन्दै साथीहरु राम्रो खेल्दाखेल्दै पनि स्वर्णमा चुकेपछि आफूले केही गरौं जस्तो भएको सुुनाए । सागको इतिहासमा नेपालाई १००औं स्वर्ण मिलेपछि खेलाडीले भाग्यमानी ठानीरहेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाण्डौ, २ असार । बुन्डेसलिगा च्याम्पियन बायर्न म्युनिखले अमेरिकामा भइरहेको फिफा क्लब विश्वकपमा न्युजिल्याण्डको अकल्याण्ड सिटीलाई ऐतिहासिक १०–० को फराकिलो अन्तरले पराजित गरेको छ। यो जित क्लब विश्वकप इतिहासकै...
काठमाडौँ, २६ जेठ । क्रिकेटको मैदानमा फेरि एक पटक इतिहास रच्ने प्रयासमा थियो नेपाल। तर स्कटल्यान्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा आयोजित आइसिसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा नेपालको...
काठमाडौं, ३१ चैत । आइसिसी यू-१९ पुरुष क्रिकेट विश्वकप एसिया छनोट आज (आइतबार) बाट सुरु हुँदैछ। यो प्रतियोगिता वैशाख ६ गतेसम्म काठमाडौंको माथिल्लो र तल्लो मूलपानी अन्तरराष्ट्रिय क्रिकेट मैदानमा...
काठमाडौँ, २७ चैत । हङकङमा मंगलबार (चैत २७, २०८१) बाट सुरु भएको चारदेशीय टी-२०आई सिरिजमा नेपालले विजयी सुरुवात गरेको छ। सिरिजको पहिलो खेलमा नेपालले कतारलाई ८ विकेटले पराजित गर्दै...