भर्खरै : Sorry, your browser does not support inline SVG.

सात हजार भुटानी शरणार्थी अलपत्र

सात हजार भुटानी शरणार्थी अलपत्र

झापा । झापाको बेलडागी र मोरङको पथरी शनिश्चरेमा बस्दै आएका भुटानी शरणार्थी अलपत्र परेका छन् ।

शरणार्थीको समस्या सामधान नहुँदै शरणार्थीका लागि संयुक्त राष्ट्रसंघको उच्च परिषदको टोली फर्किएपछि तेस्रो देश पुनर्स्थापना पर्खिएर बसेका भुटानी शरणार्थीहरु अलपत्र परेका हुन् । भुटानबाट नेपालमा आएका शरणनार्थीको व्यवस्थापनमा यूएनएचसीआरले सहयोग गर्दै आएको थियो ।

टोली फर्किएपछि स्वदेश फिर्ती र तेस्रो मुलुक पुनर्वास अलपत्र परेको सचिव चम्पासिंह राईले बताए । पथरीशनिश्चरेमा ५२० घर रहेका उनीहरु बेलडागी शिविर र पथरीशनिश्चरेमा गरी ७ हजार ५ सय शरणार्थी छन्।

सरकारी रेकर्डमा दुईवटै शिविरमा गरी ६ हजार ३ सय ६५ जना रहेको जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बताए । शिविरमा रहेकामध्ये ६० प्रतिशतभन्दा बढी परिवारमा पुनरमिलनका लागि तेस्रो देश जान चाहान्छन् ।

 


Thali Mobile Pvt.Ltd.