काठमाडौं । साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपविजेता बनेको नेपाली टोली आज काठमाडौं आउँदै छ ।नेपाली राष्ट्रिय खेलाडी र अफिसियलहरुको टोली आज बिहान सवा नौ बजे काठमाडौंमा अवतरण गर्न लागेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।
मालदिभ्सको राजधानी मालेमा शनिबार बेलुका भएको फाइनल खेलमा भारतसँग ३–० पराजित भएपछि साफ इतिहासमा नेपाल पहिलोपटक फाइनलमा पुगेको थियो । नेपाल उपविजेतामा सीमित बनेको हो ।
नेपाललाई फाइनलसम्म पुर्याउन सफल मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले भने नेपाल फर्किने कि नफर्किने भन्ने विषय पछि निर्णय हुने बताएको छ । नेपालले फाइनलमा स्थान बनाएलगत्तै अलमुताइरीले साफ च्याम्पियनसिप सकिएपछि नेपाल छाड्ने घोषणा गरेका थिए ।
