भर्खरै : Sorry, your browser does not support inline SVG.
पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने | जाजरकोटमा कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ | दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा, सियोलले भने अभ्यास जारी राख्ने | बाढी-पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, यी सडकमा यातायात अवरुद्ध | होर्मुजमा गहिरिँदो संकट : अमेरिका-इरान युद्धले मध्यपूर्वदेखि विश्व ऊर्जा बजारसम्म बढायो तनाव | गण्डकीदेखि पश्चिमका केही ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन आग्रह | पेट्रोलियम पदार्थको मूल्य यथावत, पेट्रोल–डिजेलको भाउमा परिवर्तन भएन | सरकारले अब आफैं ग्यास बेच्ने छैन, नियमित प्रक्रियाबाटै बिक्रेतामार्फत बिक्री हुने |

अमेरिकी मिसनका प्रतिनिधिहरु हाइटीमा अपहरण

अमेरिकी मिसनका प्रतिनिधिहरु हाइटीमा अपहरण

काठमाडौं । अमेरिका र क्यानडाका विभिन्न मिसनका प्रतिनिधिहरु हाइटीमा अपहरण परेका छन् । अमेरिका र क्यानडाका १६ जना नागरिक हाइटीमा अपहरणमा परेको क्रिश्चियन एड मिसिस्टीज संगठनले जनाएको छ । हाइटीका सुरक्षा अधिकारीहरुले अपहराणकारीको खोजी जारी रहेको जनाएका छन् ।

स्थानीय विद्रोही समह सो घटनामा संलग्न रहेको त्यहाँको सरकारले आशंका गरेको छ । मिशन राजधानी पोर्ट औ प्रिन्सको उत्तरी क्षेत्रमा यात्रा गरिरहेको बेलामा अपहरणमा परेको बताइएको छ । हाइटीमा पछिल्लो समय अपहरणका घटना बढ्दै गएका छन् ।

गत जनवरीदेखि ६ सय भन्दा बढी अपहरणमा परिसकेको छन् । तीमध्ये पाँच बालबालिका, सात महिला र पाँच पुरुष रहेको अन्तर्राष्टिय समाचार संस्थाहरुले जनाएका छन् ।

 


Thali Mobile Pvt.Ltd.