भर्खरै : Sorry, your browser does not support inline SVG.
जेलबाट मादुरोको सन्देश : ‘हामी दृढ छौँ, भेनेजुएला पुनः उठ्नेछ’ | युद्ध र आर्थिक संकटको दोहोरो मारमा इरान, जनजीवन दिनप्रतिदिन कष्टकर | कृष्णभीरमा सडक अवरुद्ध भए पनि काठमाडौंमा अत्यावश्यक वस्तुको अभाव नहुने | जलविद्युत आयोजनाका सुरुङमा फसेकाको उद्धार जारी, पाँच सयभन्दा बढी सुरुङभित्र रहेको अनुमान | भोटेकोशी बाढीपछि रसुवा जाने वैकल्पिक सडकमा जोखिमपूर्ण यात्रा, यात्रु र राहतका सवारीलाई सास्ती | भोटेकोशी बाढीको छैटौँ दिन पनि १० हजार ३४१ जना बेपत्ता, ७८१ शव फेला | भोटेकोशी बाढीपीडितका लागि सूर्यविनायक नगरपालिकाको ५५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग | अमेरिकालाई तेलमा पहुँच दिँदै भेनेजुएला : ‘स्रोतसाधन र सार्वभौमसत्ता आफ्नै नियन्त्रणमा’ |

सामाजिक सञ्जालमा उम्मेदवारी घोषणा गर्ने क्रममा : काठमाण्डौ क्षेत्र नम्बर ५ बाट दर्शनाको घोषणा

सामाजिक सञ्जालमा उम्मेदवारी घोषणा गर्ने क्रममा : काठमाण्डौ क्षेत्र नम्बर ५ बाट दर्शनाको घोषणा

काठमाण्डौ । अहिले संघीय निर्वाचनका लागि उम्मेदवारी घोषणा भइरहेको छ । हरेक नागरिकले विभिन्न क्षेत्रमा मेरो उम्मेदवारी यो क्षेत्रबाट भन्दै घोषणा गरिरहेका वेला काठमाण्डौ क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा चुनावमा प्रतिस्पर्धा गर्ने रञ्जु दर्शनाले घोषणा गरेकि छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत काठमाण्डौ क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यका लागि प्रतिस्पर्धामा उत्रिने औपचारिक घोषणा गरेकिन हुन ।

वि स २०७४ सालको प्रतिनिधि सभा चुनावमा काठमाण्डौ ५ बाट नेकपा एमालेका ईश्वर पोखरेल निर्वाचित हुनु भएका थिए । उनले लेखेकि छन् तपाईहरूले विभिन्न माध्यमबाट आउने संघीय निर्वाचनमा मेरो उम्मेदवारी रहने कुरा थाहा पाइसक्नु भएको छ । आज आधिकारिक रूपमा आउने निर्वाचनमा काठमाण्डौ क्षेत्र न ५ बाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित हुनका लागि प्रतिस्पर्धामा उत्रने कुरा यँहाहरू समक्ष बाँड्न पाउँदा हर्षित छु।’

यस अघि उनले २०७८ पुस ८ गते पार्टीको मूल नेतृत्व ढोंगी भएको भन्दै विवेकशील साझा पार्टी दर्शनाले परित्याग गरेकी थिइन । पार्टीमा लिएको जिम्मेवारीका साथै साधारण सदस्यसमेत नरहने गरी विवेकशील साझाबाट अलग भएको घोषणा समेत गरेकी थिइन । उनले सचेत स्वतन्त्र नागरिकको भूमिकामा मात्रै राजनीति रुपमा सक्रिय रहने प्रतिवद्धता व्यक्त गर्दै सके राजनीतिमा फोहोर सफा गर्छ, नसके फोहोर गर्दिनँ भनेर राजनीतिमा लागेको उल्लेख गरेकि थिइन ।

 


Thali Mobile Pvt.Ltd.