३१ जेठ २०७७ काठमाडौं । नेपाल मजदुर किसान पार्टीका साँसद प्रेम सुवालले संविधान निर्माणकै बेला नक्सा र निशान छाप राख्नु पर्छ भनेको आज बल्ल त्यो पुरा भएको बताए ।
विगतका सरकारले किन लिम्पियाधुरा, लिपुलेख र कालापानी बारे किन सार्वजनिक गरेन रु त्यसको समेत खोजिनीति हुन जरूरी रहेको बताए । भूमि फिर्ता लिने विषयमा पुर्खाको रगत छ ।
महाकाली संन्धि नेपालको हितमा छैन भनेर नेमकिपाले उति बेलै भनेको थियो भन्दै उनले यो संन्धि पनि खारेज गर्नु पर्ने बताए । उनले भैरहेका घटना मोदी बाट नभइ ट्रम्पबाट भएको जिकिर गरे ।
देशको सार्वभौमिक्ता रक्षाका निम्ति संविधान संसोधन विधेयकमा नेमकिपाको समर्थन रहेको बताए ।

