भर्खरै : Sorry, your browser does not support inline SVG.
बालबालिकाहरुलाई परम्परागत सीप प्रदान गर्न सके भविष्य उज्ज्वल हुनेः सांसद सुवाल | युवा व्यवसायी महेश प्रसाई (म्याक्स बाबु) अष्ट्रेलियाको राज्य सरकारद्वारा सम्मानित हुँने पहिलो नेपाली बने | कोशीटप्पुमा भेटिए ७६ प्रजातिका नौ हजार दुई सय पचास चरा | अर्को सूचना नभएसम्म थप बन्धकहरूलाई मुक्त नगर्ने हमासको निर्णय, इजरायलको हमासलाई चेतावनी | गण्डकी सरकारको उक्तम कार्य, क्यान्सर उपचारमा सहायता कार्यक्रमबाट सात सय ३३ जनाला भान्वित | नेपाल विद्युत प्राधिकरणले बक्यौता नतिर्ने उद्योगिलाई पठायो लाइन काट्न पत्र | ग्यास लुकाएर अभाव देखाए ग्यास जफत गर्ने सरकारको चेतावनी | १० वर्षमा १० हजार मेगावाट विद्युत् व्यापारका लागि अन्तरदेशीय ठूला प्रसारणलाइन निर्माण गर्ने सहमती |

साेती हत्याकाण्डले कम्युनिस्ट नेताहरूको असली मुकुडो छर्लङ्ग भएको छ : सम्झना

साेती हत्याकाण्डले कम्युनिस्ट नेताहरूको असली मुकुडो छर्लङ्ग भएको छ : सम्झना image

प्रिय जीवन साथी सबिन,
हाम्रो सहयात्राले १३ औ बर्ष पार गर्यो । समाज परिवर्तनको महान यात्रामा जनयुद्धले जुराइ दिएको हाम्रो सम्बन्ध जनयुद्धकै सपनाको अटुट साक्षी बनेर बसिरहदा छाती गर्वले फराकिलो हुन्छ । चुनौती का अनेकौं पहाडहरु पार गर्दै सामाजिक रुपान्तरणको अभियानमा हेलिरह रहनेकुरा सजिलो नभए पनि असम्भव पक्कै छैन ।

हामीले समाजमा ब्याप्त शोषण विभेद, अन्धविश्वास रुढिग्रस्त परम्परा र मुल्यमान्यतालाइ निशेध गर्दै प्रगतिशील जनवादी अन्तरजातीय बिबाह गरेका थियाैं । हाम्रो विवाहले सामाजिक न्याय, समानता उत्पीडित जाति वर्ग मुक्तिका लागी एउटा आदर्श शिक्षा सन्चार गरेको थियो ।

१३ वर्षको यो अवधिमा धेरै बदलाब आइसकेको छ । जनयुद्धको वैचारिक, राजनैतिक र सास्कृतिक अभियान कर्मीहरु समेत उहि पुरानो रुढिग्रस्त सस्कृतिका पर्याय बन्न पुग्ने कुराले समाज उल्टो दिशातिर हिडिरहने खतरा दिन प्रतिदिन बढिरहेको छ । जनयुद्धको आधार क्षेत्र रुकुम सोतीमा प्रेमको लागि नबराज र उनका साथिहरुले बलिदान गरिरहदा आज हामी सबै स्तब्ध छौं । प्रेमलाई विवाहमा बदल्न खोज्दा जातकै कारणले नबराजहरुलाइ दानवहरुले भेरी नदीमा मिसाइ दिएपछि एउटा अन्तरजातीय प्रेमविवाहको हत्यासंगै मानवताकै हत्या भएको छ ।

नबराजहरु प्रेमपथका सहिद बनिरहदा नेपाली समाजको अनुहारमा इतिहासमा अर्कोपटक कालो पोतिएको छ । आज प्रगतिशिल युवा पुस्तासंगै स्तब्ध र आक्रोषित छौं । त्यसैले आज हाम्रो विवाहकाे वर्षगाठ खुसीयाली मनाउने दिनमा अन्तरजातीय प्रेमपथका योद्धाहरु प्रति उच्च सम्मान प्रर्कट गर्दै जातीय विभेद लगायत सबै अन्याय र आसमानता हटाएर समानता, स्वतन्त्रता र मानवताको यो ऐतिहासिक यात्रालाई गन्तव्यमा पुर्याउन दृढ सङ्कल्पित हुनै पर्दछ ।

पृय जीवन साथि सबिन अझै पनि न्याय समानता र स्वतन्त्रताको लागी प्रगतिशील युवा पुस्तासंगै हातेमालो गर्दै अगाडी नबढी नेपाली समाजमा ब्याप्त गहिरो जातीय अन्धताबाट छुट्कारा पाउन सकिन्न । प्रेमवर्जित गणतान्त्रिक व्यवस्थाका नागरिक हामी सबैले न्याय, समानता र स्वतन्त्रता प्राप्त गरेपछि कुनै दिन साइत जुरेछ भने बैबाहिक दिबस मनाउला ।

हो, साथि तपाईंले भन्ने गरेको हामिले समाज बदल्न आफू बदलिएर देखाउनु पर्छ भन्ने तपाईंको आत्मविश्वासले भरिपुर्ण अभिव्यक्ति मेरो एउटा आदर्श बनेको छ । हर समय म प्रयासरत छु कति सफल हुन्छु त्यो समयले देखाउला । हामीलाइ समाज रुपान्तरणको उपदेश दिने आदरणीय बडा कमरेडहरुको आजका दिनचर्या हेर्दा विचार र व्यवहारमा धमिरा र सास्कृतिक विचलनको कुरागरी साध्य नै छैन ।

यसबारे तपाईं आफै जानकार हुनुहुन्छ । जुन कुरा हाम्रै आखा अगाडि झल्झल्ती देखिरहेकै छौं । साँस्कृतिक प्रतिक्रान्तिका बाछिटाहरुले कतिका बिबाह सम्बन्धविच्छेद भए । कतिले आफ्नो जीवन गुमाए । कति बिस्थापित भए ती खोज्दै जादा नेपाली समाजको जातीय विभेदका असंख्य पिडा सजिलै पढ्न पाइन्छ ।

प्रिय जीवन साथी हामीले जनतालाई साक्षी राखेर जनबादी विवाह गर्दा जनाएका प्रतिबद्धता पूरा गर्नत सकौला, नसकौला तर परिवर्तनको बाटोमा निरन्तर लागि पर्नेनै छौं । हाम्रो नीजि जीवन पनि समाज सङग जोडिएको छ । समाजका गतिविधिहरुले हामीलाइ तन्काउन प्रयत्न गर्छ्नै । त्यस्तो बेला सही र गलत छुट्याउदै सही कुरालाई लागू गर्न र गलत कुरा त्याग्न तयार हुनु पर्छ ।

रुप र भावनामा बग्ने समाजलाई उच नैतिक आदर्शमा राख्न निरन्तर प्रयास गर्ने नै छौ । आज सम्म जसरी चलेका छौं, ठिक छ बिलाशी जीवन यापन गर्ने रहर पनि छैन गर्नु पनि छैन । हो, हामीले हाम्रा घरपरिवार, आफ्न्तलाइ नीजि जीवनको जति खुशी दिनु पर्ने हो त्याे सकेका छैनौं । सामाजिक रुपान्तरणको अभियानमा निरन्तर लागि रहदा पारिवारिक र आफन्तसंगको सहकार्य छुट्दो रहेछ । तर पनि हाम्रो यात्रामा निरन्तर साथ र सहयोगआफन्तबाट पाएकै छौं ।

जनयुद्धको विश्राम पछि समाजमा विभिन्न तरङ्ग देखिदै जाँदा रूकुम सोतीमा देखिएको नरसंहारले हामी सबैलाई अनेकौं प्रश्न सोधिरहेको छ । सामाजिक रुपान्तरणको अभियानमा क्रान्ति गर्दै गर्दा जीवन मरणको लडाइँमा सहभागी बडे बडेमानका नेताहरुमा पनि जातीय साँस्कृतिक वर्चस्वको चिन्तन हाबी भएपछि जतिसुकै क्रान्तिकारी कुरा गरे पनि व्यवहारमा उत्रिनु पर्दा खुट्टा लगलगी काप्दा रहेछन जुन कुरा सबैले देखिरहेकै छन् ।

अरुलाइ मात्र दोष दिएर आफू पानी माथिको ओबानो बन्ने कुराले सामाजिक रुपान्तरण कसरी सम्भब होला ? गम्भीरतापुर्वक सोच्नै पर्दछ । १३ औं गणतन्त्र दिवसको पाँच दिन पहिले नेपालकाे इतिहासकै विभत्स र पासविक रूकुम साेती हत्याकाण्डले जात व्यवस्थाकाे असली रुप देखाइ दिएको छ । रुपन्देही देबदहकी अंगिरा पासी र सोती हत्याकान्डमा कम्युनिस्ट जनप्रतिनिधि भनिएका मान्छेहरुकै सहभागिताले त झन जात ब्यवस्थाको कुरुप अनुहार छरपस्ट भएको छ ।

जनयुद्धमा दिलबहादुर रम्तेलले बगाएको रगत र सोतीमा नबराज बिक, गोबिन्द शाहीलगायतले बगाएको रगतका छिटाहरुले कम्युनिस्ट सरकारको समाजवादी सँस्कृती भेरी नदिमा देखिएको छ । जनयुद्धको जगबाट स्थापित गणतन्त्रलाई कुरि कुरि गरिरहेको छ, तत्कालीन घटना क्रमले देश तातिदै गर्दा कम्युनिस्ट नेताहरूको असली मुकुडो छर्लङ्ग भएको छ । अझ अपराधी बचाउन भैरहेका गतिविधिले त सबैलाई बिक्षिप्त बनाएको छ ।

हो साथि हामीले हाम्रो सपनाको रक्षा गर्नै पर्छ । हाम्रो भागमा जस्तो सुकै सजाए किन नपरोस् । परिवर्तनको यात्रामा कतै अलमल नपरेर आफ्नो बाटो हिड्नै पर्छ । बलिदानको जगमा स्थापित गणतन्त्र र प्रगतिशील सस्कृती अपहरण भएको छ । गणतन्त्र लडेको छ, खोसाखोस चलेको छ, भजाएर खान हारालुछ चलिरहेको छ ।

नैतिकता र आदर्श सबै ओझेलमा परिरहेको छ । नैतिकता र आदर्शको मुल्य बचाउन हामी आफै अबिचलित लागि रहनु पर्दछ । राजनैतिक रङ्गमन्चमा देखिएका कोरोनाको कहर भ्रष्टाचार, राष्ट्रियता, स्वाभिमान, एम सि सि को कुरा पनि गर्नै पर्नेछ ।

पृय साथी आज हाम्रो विवाह वर्षगाठ कै कुरा गरौं । २०६४ जेष्ठ २४ गते जोडिएको हाम्रो सहयात्रा आ १३ औं वसन्त पार गरेकोछ । आज सम्म जसरी आइपुगेका छौं, यसरी नै अगाडि बढ्ने छौं । हाम्रो अगाडि आइपर्ने अप्ठ्याराहरु एक भएर पार लगाउने छौं । सामाजिक रुपान्तरणको महाअभियान हाम्रो जीवनको अभिछिन्न अंग बनिरहनेछ । यहि सुभकामना सहित बिदा हुन्छु ।

तपाइकी जीवन साथी
सम्झना बि.क.

२४ जेष्ठ २०७७

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda