भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सिंहदरबार वैद्यखानाबाट लक्ष्यको एक तिहाइ मात्र औषधि उत्पादन

सिंहदरबार वैद्यखानाबाट लक्ष्यको एक तिहाइ मात्र औषधि उत्पादन

काठमाडाैं । सिंहदरबार वैद्यखाना विकास समितिले चालु आर्थिक वर्षमा लक्ष्यको करिब एक तिहाइ मात्र औषधि उत्पादन गरेको छ । चालु आवमा ४५ हजार ८१२ किलोग्राम औषधि उत्पादनको लक्ष्य राखेकामा १४ हजार ६३८ केजी मात्र उत्पादन गर्न सकिएको उत्पादन शाखा प्रमुख डा हरिदेवप्रसाद यादवले राससलाई जानकारी दिनुभयो । यो लक्ष्यको ३१.९६ प्रतिशतमात्र हो ।

यो वर्ष जडीबुटी ल्याउन ठेक्का ढिला भएकाले पनि कम औषधि उत्पादन भएको हो । गत जेठमा मात्र जडीबुटी ल्याउने ठेक्का भएको थियो । ठेक्का सम्झौता भने हुने क्रममा रहेको उहाँले सुनाउनुभयो ।

आर्थिक वर्ष २०७७÷७८ मा ५७ हजार ८२७ केजी औषधि उत्पादनको लक्ष्य थियो । गत आवमा पनि लक्ष्यको २३.२८ प्रतिशत अर्थात् १३ हजार ४६३ केजीमात्र औषधि उत्पादन भएको थियो । गत वर्ष भने ठेक्का गरेर जडीबुटी भण्डारमा भए पनि कोरोनाको प्रभावका कारण पनि कम उत्पादन भएको जनाइएको छ । चालु आर्थिक वर्षमा २३ लट अर्थात् १२ हजार ७५ केजी च्यवनप्राश बनेको छ । एक लटमा ५२५ केजी हुने पनि उत्पादन शाखा प्रमुख यादवको भनाइ छ ।

 


Thali Mobile Pvt.Ltd.