भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सिलिण्डर ग्यास विष्फोट गराउने चार जना थुनामा

सिलिण्डर ग्यास विष्फोट गराउने चार जना थुनामा

काठमाडौं । सिलिण्डर ग्यास विष्फोट गराएको आरोपमा पक्राउ परेका चार जनालाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाइएको छ।वैशाख ३० गते स्थानीय तह निर्वाचनको क्रममा सिलिण्डर विष्फोटको आरोपमा पक्राउ परेका चार जनालाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको हो।

गोरखा लखन गाउँपालिका–५ घर भएका काठमाडौंको कपन बस्ने २९ वर्षीय हरिकृष्ण थापा, काभ्रेको तेमाल गाउँपालिका ९ घर भएर ललितपुरको महालक्ष्मी नगरपालिका ५ टिकाथली बस्ने २८ वर्षीय करण श्रेष्ठ, भोजपुरको रामप्रसाद राई गाउँपालिका ६ घर भएर भक्तपुरको चाँगुनारायण नगरपालिका १ दुवाकोट बस्ने २८ वर्षीय युवराज थापा र खोटाङको कोटेहाङ गाउँपालिका ८ का ३६ वर्षिय भरतकुमार राईलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको हो ।

पक्राउ गरेपछि प्राप्त प्रमाणका आधारमा उनीहरुलाई अदालतमा उपस्थित गराइएको महानगरीय प्रहरी परिसर, टेकुका प्रवक्ता दिनेशराज मैनालीले बताए । भरतकुमार राई विभिन्न हातहतियार खरखजना, बैकिङ कसूर तथा कर्तव्य ज्यान मुद्दामा यसअघिसमेत पक्राउ परेका पाइएको छ । स्थानीय तहको निर्वाचनका दिन काठमाडौं नयाँबानेश्वर–तीनकुने सडकखण्डमा ग्यास विष्फोट गराएको आरोपमा उनीहरु पक्राउ परेका थिए ।

 


Thali Mobile Pvt.Ltd.