सीप र ज्ञान हस्तान्तरण गर्नुपर्छः मन्त्री झाँक्री

सीप र ज्ञान हस्तान्तरण गर्नुपर्छः मन्त्री झाँक्री

काठमाडौं । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले एउटा पुस्तामा भएको सीप र ज्ञान अर्को पुस्तामा हस्तान्तरण गर्नुपर्नेमा जोड दिएकी छन् । संयुक्त राष्ट्रसङ्घीय विकास कोष (यूएनडिपी) र भारतीय दूतावासले आज आयोजना गरेको कार्यक्रममा विद्यार्थी राजनीतिदेखि नै सीप र ज्ञान हस्तान्तरणको पक्षमा वकालत गर्दै आएको उनले बताएकी हुन् ।

सबै क्षेत्रका नागरिकका लागि सरकारले सुरक्षित आवास निर्माणमा ध्यान दिनुपर्ने बताउदै मन्त्री झाँक्रिले सुरक्षित आवास निर्माणलाई सरकारले अघि बढाइरहेको बताइन् ।
मन्त्री झाँक्रीले विसं २०७२ को भूकम्पका कारण क्षतिग्रस्त भएका निजी आवासको निर्माण अन्तिम चरणमा पुगेको बताइन् ।
कार्यक्रममा इञ्जिनीयरिङ र इञ्जिनीयरिङबिना निर्माण गरिएका दुई घर प्रदर्शनीमा राखिएका छन् । यी घरमा भूकम्पको धक्का दिएर कतिसम्म थेग्न सक्छ भनी हेर्न सकिन्छ । नेपालमा ग्रामीण क्षेत्रमा रहेका अधिकांश घर स्थानीय निर्माण सामग्री ढुङ्गा, माटोले बनाइएका हुन्छन् । स्थानीय निर्माण सामग्रीको प्रयोग गरेर पनि इञ्जिनीयरिङ गरिएका घरहरु अरु सामान्य घरभन्दा कति बलियो हुन्छन् भन्ने देखाउन लागिएको आयोजकको भनाइ छ ।

अरु सबै किसिमका घरहरुले कतिसम्मको भूकम्पको सामना गर्न सक्ने छन् भनी परीक्षण गर्न सकिने बताइएको छ । भारतका प्राध्यापकहरुले यसको निर्माण गरेर त्यहीँ परीक्षण पनि गरिएको थियो ।

 


Thali Mobile Pvt.Ltd.