अहिले को अबस्था
सन १८१६ को सुगौली सन्धिको धारा ५ मा स्पष्ट रुपमा लिम्पियाधुरा काली नदीको मुहान हो र काली नदी नै नेपाल र भारतको सिमा हो भनिएको छ । त्यसैगरी नेपालले सन १९५५ डिसेम्बर १४ मा संयुक्त रास्ट्रसंगको सदस्यता पाउदा काली नदीलाई पश्चिम सिमा र महाँकालीलाई पुर्वि सिमा भनिएको छ ।
यसै गरी वि. स. २०१८ सालमा व्यास गाँविसमा पर्ने क्षेत्रमा जनगणना गर्ने जिउँदो इतिहास बरिष्ठ पत्रकार भैरव रिसाल भन्नू हुन्छ, “ म अझै जिउँदै छु, लिपुलेख हाम्रो हो, जनगणना गर्ने व्यक्ति मै हुँ ।“ उक्त क्षेत्रमा नापी गर्ने व्यक्ति पनि जिवत नै छन् । तर पनि कालापानी देखि लिम्पियाधुरा सम्मको ३९७ वर्ग किलोमिटर भारतले हडपेको छ ।
नेपालमा धेरै सरकारहरु आए गए तर किन ठोस निकासको पहलमा लागेनन् ? नेपाललाई सिंगापुर जस्तै विकसित बनाउछौं भन्दै जनताको तालि र भोट असुलेका पार्टी सरकारमा छन्, शक्तिमा छन् तर राष्ट्रियता देखाउने दाँत मात्रै भएको छ । सिंगापुर जस्तो बनाउने भनेको त सिंगापुर जत्रो सानो बनाउने भनेका पो हुन् जस्तो लाग्छ ।
भारतले गत मंसिरमा (२०१९ नोभेम्वर २) मा दार्चुलाको उत्तर भागमा पर्ने कालापानी देखि लिम्पियाधुरा सम्म ३९७ वर्ग किलोमिटर भूमि भारतको नक्सामा गाभेर नक्सा प्रकाशित गर्यो । तर हाम्रो सरकारले ठोस रुपमा विरोध जनाउन सकेन र नेपालके भूमि समेटिएको नक्सा प्रकाशित गर्ने हिक्मत पनि गरेन । सिमाअतिक्रमण बारे नयाँ पत्रिका (२०७७ जेठ २) मा लेखिएको छ, “भक्तपुर जिल्ला भन्दा तीन गुणा बढि नेपाली भुमि अतिक्रमित गरेको छ । जहाँ २६२ कि.मि. भूमिअतिक्रमण गरेर ५८ वर्ष देखि फौज राखेको छ ।“
भारतले योजना बद्वरूपमा नेपाललाई कब्जा गर्ने रणनीति लागू गरिरहेको छ । उक्त योजना अनुसार नै सारा विश्व कोरोनाको महामारीले चपेटामा परेको मौका छोपी ८०कि.मि.लामो लिपुलेक मानसरोवर सडक बनाएर २०७७ बैशाख २६ गते भारतीय रक्षामन्त्री राजा नाथ सिंहले दिल्लीबाट भर्चुअल उद्घाटन गरे । तर हाम्रो सरकारलाई थाहा थिएन रे सडक बनेको । दुःख को कुरा उक्त सडक सन १९९९ देखि थालिएर सन २००८ देखि तिब्र गतिमा निर्माण गरिएको थियो ।
हाम्रो देशका गृहमन्त्री, गृह सचिव, सुरक्षा निकाय वा अनुसन्धान कुनै पनि निकायलाई भारतले लिपुलेकमा थालेको सडक निर्माणकार्य थाहा थिएन होला र ? आफ्नो देशको नक्सा जारी गर्न हिक्मत नराख्नेबाट सिमा रक्षा र देशको सम्वृदि कसरी होला ?
लिपुलेखमा सडक बन्दैछ भन्ने मलाई जानकारी थियन “ प्रधानमन्त्री केपि अली (सुन्दर पोष्ट २०७७ बैशाख ३०) हाम्रो सरकार सीमाअतिक्रमणको बारेमा अनभिज्ञ हुने, भारतले नेपालीको सबै क्षेत्रमा दिन प्रतिदिन कव्जा जमाउने हो भने सम्पूर्ण नेपालीले गंभिर भएर सोच्नु पर्ने बेला भएको छ ।
नेपालको पुर्वि क्षेत्रमा पनि दिन प्रतिदिन भारतीय हस्तक्षेप बढिरहेको छ । पाँचथरको फालेलुङ गाउँपालिका – ६ को सन्तपुर आहाल गैरि क्षेत्रमा भर्खरै भारती सिमा सुरक्षा वलले दस गजा भन्दा करिब ४०० मिटर भित्र सम्म कव्जा गरेको छ ।
उक्त गाउँपालिका अध्यक्ष सञ्चन कुमार केरुङले विरोध गर्दा माथिको आदेश भन्दै कब्जा गरिरहेको छ । (अन्नपूर्ण पोष्ट २०७७ जेठ १) यसैगरी नेपालको दक्षिणी सिमानामा नेपालसंग सल्लाह नगरी दस गजा नजिकैबाट पुर्व पश्चिम रोड बनाईरहेको छ । स्थानीय तहले केन्द्रीय सरकारलाई खबर गर्दा पनि सरकार मौन छ । उक्त रोडले नेपालको सम्पूर्ण तराई डुवानमा पर्ने निश्चित छ । समयमै ध्यान किन जादैन ?
एक पटक विगतको योजना
लामो समयसम्म अंग्रेजको दास भएको भारतले सधैंभरी आफु भन्दा सानोलाई थिचोमिचो गर्ने हेपाहा नीति लागू गरिरहेको छ । सन १९५१ मा तात्कालिक गृहमन्त्री सरदार बल्लवभाइ पटेलले नेपाल, सिक्किम, हैदरावाद, कास्मिर, लगायतका स्वतन्त्र राज्यलाई विशाल भारतमा गाभ्ने प्रस्ताव सदनमा ल्याएर संसदले अनुमोदन गरेको थियो ।
उक्त अभियानमा अझै पनि भारत हिडिरहेको छ । नेहरु प्रधानमन्त्री भएर चीन भर्मण गएको बेला चीन र भारत मिलेर नेपाललाई बाँढेर लैजाने प्रस्ताव गरेका थिए । तात्कालिन चीनका प्रधानमन्त्री चाउएनलाईले उक्त प्रस्तावको सिधै अस्वीकार गरेपछि भारत पछि हटेको थियो ।
राजा त्रिभुवन भएको बेलामा राजालाई नेपाल भारतमा मिलाएर भारतको प्रमुख बन्ने प्रस्ताव आएको र राजा त्रिभुवनले उत्तरमा ठिकै छ दुई देश मिलाउ तर नाम नेपाल राखौ भनेका थिए । यसरी भारतको विगत देखि वर्तमान सम्म जसरी पनि नेपाललाई कब्जा गर्ने एउटै नीति रहेको छ । तर हाम्रा सरकार चलाउने पार्टी सधैं विस्तारवादी भारतको गुलाम, चाकरी गरेर सत्तामा पुग्ने र सधैं सत्तामा टिकीरहने आत्माधाती बनिरहेका छन् ।
सीमा विवादमा भारतीय मिडिया
भारतले नेपालको सीमा मिचेको, अनावश्यक नेपाललाई नाकाबन्दी गरेको तथा नेपालमा रहेका भारु रुपैयाँ सटही नगरेको लगायत छिमेकी देशलाई पेल्ने नीतिको बारेमा भारतमा नेपाल विज्ञ भनेर चिनिने प्रा. एसडि मुनि भन्छन्, ’नेपाललाई अपमानित गरेको कुरा सत्य हो । कालापानी क्षेत्रमा सीमा विवाद मात्रै होइन अरु कुराहरू पनि भारतसंग नेपाल धेरै बेखुसि छ ।’
त्यसैगरी भारतका विदेश मामिला विज्ञ मनोज जोसीले भारत सरकारलाई भनेका छन, ’छिमेकी देशलाई बेखुसि बनाउनु भारतको मुर्खता हो ।’ यस्तै भारतीय पत्रकार वेद प्रताव वैदिकले दुई देशको सम्बन्ध सुधार्न भनेका छन, ’नेपाल बीचको सम्बन्ध सुधार्न तत्काल नेपाली पक्षले आग्रह गरेको वार्तामा भारतीय बस्न तयार हुनुपर्छ ।’ यसैगरी मे १४ को जन समाचारमा भनिएको छ, ’भारत कै तीन नक्सामा लिम्पियाधुरा नेपालमा छ ।’
यसैगरी भारतीय धेरै मिडियाले नेपालसंग सीमा विवाद वार्ताबाट मिलाउनु पर्छ, सानो देशलाई हेप्नु हुदैन भन्ने अभिमत व्यक्त गरिरहेका छन । पाकिस्तानी पत्र(पत्रिका तथा मिडियाले नेपालको सीमा मिचेकोमा भारतको चर्को विरोध गर्दै नेपालको पक्षमा बोलेका छन । तर खै किन हाम्रो सरकार नेपालको नक्सा प्रकाशित गर्न सक्दैन ?
नेपालको सीमा मिच्ने मिचाहाका विरुद्वमा अझै सरकारले उसैलाई उक्त भुमि ’लिजमा दिने’ भन्न हिचकिचाउदैनन् । पहिला आफ्नो भुमि आफ्नो स्वामित्वमा ल्याएपछि मात्रै उक्त जग्गामा के गर्ने ? कुन खेती गर्ने ? आफै प्रयोग गर्ने कि अरुलाई लिजमा दिने भन्ने जानकारी नभएको सरकार कसरी भन्ने ? कतै भित्र भित्रै नेपालको भुमि बेचिसकेका त छैनन् ? सबै नेपाली चनाखो हुनुपर्ने भएको छ ।
अबको विकल्प
जब सम्म नेपाल शक्तिशाली बन्न सक्दैन तब सम्म छिमेकीको हस्तक्षेप रोकिने छैन । सबै भन्दा पहिले सम्पूर्ण नेपालीको आफु कम्जोर छौं, सक्दैनौं, साना छौं, भारत विना सम्भव छैन भन्ने संकुचित भावनाबाट मुक्त हुन सक्नु पर्छ । हामीमा स्वाभिमान, आत्मगौरब, आत्मनिर्भरताको भावना जगाउनु पर्छ ।
एउटा सानो देश कोरियाले वर्षौ देखि नाकाबन्दि लगाउदा पनि विश्वको साम्राज्यवादी अमेरिकालाई झुकाउन र टक्कर दिन सफल भएको छ । क्युवाले आफु सानो देश भएर पनि शिक्षा, स्वास्थ लगायत धेरै क्षेत्रमा अग्रस्थरमा रहेको छ । भारतको स्वतन्त्रता आन्दोलन देखि पाकिस्तान, चिनसंगको भारतको सीमा झगडामा नेपालकै सहयोगमा भारत अडेको छ भने हामी नेपालीले आफ्नो शक्ति किन नचिन्ने ?
हाम्राे पुर्खाका गौरबशाली पहिचानलाई एक पटक व्युँझाउन परेको छ । शान्ति चाहनेको लागि हामी बुद्वका अनुयायी हौं भने हस्तक्षेपकारीका लागि गोरखालीका सन्तान हौं । जस्तालाई त्यस्तै प्रतिवादको तयारी हुनु आश्यक छ । नेपालको सिमा विवादमा अब लिपुलेख त्रिदेशिय केन्द्र भएकोले चीनलाई पनि समावेश गर्ने बेला भएको छ । यो मुद्दालाई सयुक्त राष्ट्रसंघ सम्म पुर्याउनु पर्ने देखिन्छ ।
यसैगरी प्रत्येक नेपालीलाई आत्मरक्षाका लागि अनिवार्य सैनिक शिक्षा र तालिम दिनु अपरिहार्य भएको छ । आवश्यक परेमा देशको लागि लड्ने नत्र देश विकासको लागि नागरिक तयार गर्नु पर्दछ । त्यसैगरी हाम्रो सेनालाई शक्तिशाली बनाउनु पर्छ । अत्याधुनिक र अत्याधुनिक हातहतियारले सुसम्पन बनाईनु पर्छ । नेपालको लागि सबैभन्दा ठुलो बाधक खुला सिमा हो ।
सधैं थिचोमिचो, चोरी, अपराधी लगायतका सम्पूर्ण समस्याको जग खुला सिमाना हो । यसलाई सधैंका लागि बन्द गर्नु पर्छ । अहिलेको सीमा विवादले सधैंको लागि सीमा बन्द गर्ने वा वलियो तारवार लगाउने उपयुक्त अवसर मिलेको छ । पर्सा जिल्लाको ठोरी गाउँपालिका ३ का वडाअध्यक्ष सुर्य लामाको पहलमा नेपाल भारत सीमानामा करिब ५ किलोमिटर काँडेतार लगाउन सफल भएका छन ।
सधैं भारतीयको चोरी, डकैती, लुटपाटले दिक्क भएको गाउँलाई अहिले मुक्त बनाएका छन । धेरै पटक सम्म भारतीयसंगको झगडामा नेतृत्व गरेका कारण उनी ८ वर्ष देखि भारत नटेकेको बताउछन् । यसैगरी सम्पुर्ण स्थानीय तहहरुले सक्रिय भएर अघि बढेमा सीमा समस्या छिट्टै समाधान हुन सक्छ । भारत विना बाच्न सकिदैन भन्ने हाम्रा शासकहरू भएमुक्त हुने हो भने केही बर्ष भित्र नेपाल शक्तिशाली र सम्वृद देश बन्न सक्छ ।
अहिलेको महामारीले सर्वशक्तिमान ठानेको अमेरिका लगायतका देश थला परिसक्दा पनि हामी नेपालीलाई खासै असर नगरेकोले पनि प्रष्ट छ कि हामी जन्मजात कति शक्तिशाली छौं भन्ने । यो शक्तिलाई चिनेर अगाडि बढ्ने प्रण गरौं । यसैमा नेपाल र नेपालीको भलो हुनेछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौँ । आजभोलि धेरै चर्चा अनि केही त्रसित बनाइरहेको एचएमपिभी भाइरसले समाचारमा विशेष स्थान बनाउँदै आइरहेको छ । अझ भारतीय सञ्चारमाध्यमहरुमा एकपछि अर्कोमा सङ्क्रमण पुष्टि हुँदै गइरहेको भन्ने समाचारले...
‘भ’ देवनागरी वर्णमालाको व्यञ्जन वणर्मध्ये चौबिसौं ओठ स्पर्शी सघोष महाप्राण ध्वनी हो । नामैले यो वर्ण प्राणघातक छ । ‘भ’ हटाउँदा देश दुनियाँकै कल्याण हुने देखिन्छ । ‘भ’ अक्षरबाट...
पुष्पकमल दाहाल ‘प्रचण्ड’ बरु हामीले यो खबरदारी सभाको घोषणा गर्नेबित्तिकै सत्ता पक्षमा जुन आतंक देखापर्यो, सरकार आजै ढल्छ, भोलि नै ढल्छ तर हामीले त्यसो भनेका छैनौं । खबरदार तपाईहरुको...
कुनै समय थियो कानूनको शिक्षा भनेको पुरुषले मात्र लिनु पर्दछ भन्ने जस्तो । तर आज समय यसरी घुमिसकेको छ कि कानूनको शिक्षा छोरीले मात्र लिनु पर्ने हो कि भन्ने...