भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

ट्रम्प–सी भेटवार्तामा व्यापार सम्झौतामा जुटेन ठोस सहमति

ट्रम्प–सी भेटवार्तामा व्यापार सम्झौतामा जुटेन ठोस सहमति

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच भएको उच्चस्तरीय भेटवार्तामा कुनै ठोस व्यापार सम्झौता हुन नसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

दुवै नेताबीच जारी व्यापार तनाव कम गर्ने विषयमा छलफल भए पनि व्यापारिक सहमतिलाई अन्तिम रूप दिन अझै धेरै काम बाँकी रहेको अमेरिकी अधिकारीहरूले बताएका छन् । अमेरिका र चीनबीच गत वर्ष अक्टोबरमा व्यापार युद्ध रोक्ने सहमति भएको थियो । उक्त सहमतिअनुसार अमेरिकाले चिनियाँ वस्तुमाथि प्रस्तावित उच्च भन्सार कर वृद्धि रोकेको थियो भने चीनले दुर्लभ खनिज निर्यातमा लगाएको केही कडाइ खुकुलो बनाएको थियो ।

ह्वाइट हाउसका अनुसार व्यापारसम्बन्धी विवादमा बारम्बार वार्ता गर्नुपर्ने अवस्था अन्त्य गर्न दुवै देश ‘बोर्ड अफ ट्रेड’ गठन गर्न सहमत भएका छन् । यो संयन्त्रले दुई देशबीचको व्यापारिक सम्बन्धलाई व्यवस्थित बनाउने अपेक्षा गरिएको छ । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले भ्रमणका क्रममा बोइङ विमान खरिद, ऊर्जा तथा कृषि उत्पादनको चिनियाँ आयातसँग सम्बन्धित केही घोषणा हुनसक्ने बताएका छन् ।

ट्रम्पको भ्रमणमा अमेरिकी व्यापारिक क्षेत्रको उल्लेख्य सहभागिता पनि देखिएको छ । ट्रम्पले अमेरिकाका शीर्ष व्यवसायीहरूको प्रतिनिधिमण्डल साथमा रहेको बताएका छन्, जसमा टेस्लाका प्रमुख कार्यकारी अधिकृत एलन मस्क र एनभीडीयाका प्रमुख कार्यकारी अधिकृत जेन्सेन हुआङ सहभागी छन् । टेस्लाको चीनस्थित शांघाई प्लान्ट तथा चिनियाँ बजारमाथिको निर्भरता उच्च छ । यस्तै, एनभीडीयाका एआईसम्बन्धी माइक्रोचिपहरू अमेरिका–चीन प्रविधि प्रतिस्पर्धाको केन्द्रमा रहेका छन् ।

अमेरिकाले चीनलाई उन्नत कम्प्युटिङ प्रविधिमा पहुँच सीमित गर्न यसअघि नै विभिन्न निर्यात नियन्त्रणका कदमहरू चालेको छ । यही कारण एआई र सेमिकन्डक्टर चिप्ससम्बन्धी विषय पनि वार्ताको प्रमुख एजेन्डा बनेको अनुमान गरिएको छ ।

ट्रम्पको भ्रमण दोस्रो दिनमा प्रवेश गरेको छ । दुई देशका नेताबीच आगामी दिनमा थप विषयमा छलफल हुनसक्ने अपेक्षा गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.