भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

ट्रम्प–सी भेटवार्तामा व्यापार सम्झौतामा जुटेन ठोस सहमति

ट्रम्प–सी भेटवार्तामा व्यापार सम्झौतामा जुटेन ठोस सहमति

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच भएको उच्चस्तरीय भेटवार्तामा कुनै ठोस व्यापार सम्झौता हुन नसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

दुवै नेताबीच जारी व्यापार तनाव कम गर्ने विषयमा छलफल भए पनि व्यापारिक सहमतिलाई अन्तिम रूप दिन अझै धेरै काम बाँकी रहेको अमेरिकी अधिकारीहरूले बताएका छन् । अमेरिका र चीनबीच गत वर्ष अक्टोबरमा व्यापार युद्ध रोक्ने सहमति भएको थियो । उक्त सहमतिअनुसार अमेरिकाले चिनियाँ वस्तुमाथि प्रस्तावित उच्च भन्सार कर वृद्धि रोकेको थियो भने चीनले दुर्लभ खनिज निर्यातमा लगाएको केही कडाइ खुकुलो बनाएको थियो ।

ह्वाइट हाउसका अनुसार व्यापारसम्बन्धी विवादमा बारम्बार वार्ता गर्नुपर्ने अवस्था अन्त्य गर्न दुवै देश ‘बोर्ड अफ ट्रेड’ गठन गर्न सहमत भएका छन् । यो संयन्त्रले दुई देशबीचको व्यापारिक सम्बन्धलाई व्यवस्थित बनाउने अपेक्षा गरिएको छ । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले भ्रमणका क्रममा बोइङ विमान खरिद, ऊर्जा तथा कृषि उत्पादनको चिनियाँ आयातसँग सम्बन्धित केही घोषणा हुनसक्ने बताएका छन् ।

ट्रम्पको भ्रमणमा अमेरिकी व्यापारिक क्षेत्रको उल्लेख्य सहभागिता पनि देखिएको छ । ट्रम्पले अमेरिकाका शीर्ष व्यवसायीहरूको प्रतिनिधिमण्डल साथमा रहेको बताएका छन्, जसमा टेस्लाका प्रमुख कार्यकारी अधिकृत एलन मस्क र एनभीडीयाका प्रमुख कार्यकारी अधिकृत जेन्सेन हुआङ सहभागी छन् । टेस्लाको चीनस्थित शांघाई प्लान्ट तथा चिनियाँ बजारमाथिको निर्भरता उच्च छ । यस्तै, एनभीडीयाका एआईसम्बन्धी माइक्रोचिपहरू अमेरिका–चीन प्रविधि प्रतिस्पर्धाको केन्द्रमा रहेका छन् ।

अमेरिकाले चीनलाई उन्नत कम्प्युटिङ प्रविधिमा पहुँच सीमित गर्न यसअघि नै विभिन्न निर्यात नियन्त्रणका कदमहरू चालेको छ । यही कारण एआई र सेमिकन्डक्टर चिप्ससम्बन्धी विषय पनि वार्ताको प्रमुख एजेन्डा बनेको अनुमान गरिएको छ ।

ट्रम्पको भ्रमण दोस्रो दिनमा प्रवेश गरेको छ । दुई देशका नेताबीच आगामी दिनमा थप विषयमा छलफल हुनसक्ने अपेक्षा गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.