भर्खरै : Sorry, your browser does not support inline SVG.
रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु | सरकारको १५ दिने प्रतिबद्धता पूरा भएन, सुकुम्बासी फेरि सडकमा | फर्पिङ र नेपालगञ्जमा प्रहरीको कारबाही, लागूऔषधसहित तीन जना नियन्त्रणमा | जनकपुर वार्तापछि आन्दोलनकारीको विश्वास : गृहमन्त्री गुरुङले प्रतिबद्धता पूरा गर्नुहुन्छ | ६ स्वास्थ्य विज्ञान प्रतिष्ठान पदाधिकारीविहीन, शैक्षिक अनुसन्धान र प्रशासनिक काम प्रभावित | दाह्रा काटिएपछि ध्रुवे हात्ती निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा भइरहेको निगरानी | राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग | हिरासत र कारागारमा हुने शङ्कास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गर्दै सर्वोच्चमा रिट |

उत्तर प्रदेशमा शक्तिशाली आँधी, ५६ जनाको मृत्यु

उत्तर प्रदेशमा शक्तिशाली आँधी, ५६ जनाको मृत्यु

काठमाडौं, ३१ बैशाख । भारतको उत्तर प्रदेश मा गए राति आएको शक्तिशाली आँधी र वर्षाका कारण कम्तीमा ५६ जनाको ज्यान गएको छ भने दर्जनौँ मानिस घाइते भएका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार सबैभन्दा बढी क्षति प्रयागराज, भदोहीमिर्जापुर जिल्लामा भएको छ। तीव्र गतिको हावाहुरीका कारण सयौँ रूख तथा बिजुलीका पोलहरू ढलेका छन् भने कच्ची घरहरू भत्किएका छन्।

अधिकांशको मृत्यु घरको पर्खाल भत्किँदा वा रूखले च्यापिँदा भएको बताइएको छ। आँधीका कारण मानिससँगै पशुचौपायामा समेत ठूलो क्षति पुगेको छ।

योगी आदित्यनाथ ले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउन निर्देशन दिनुभएको छ। उहाँले घाइतेहरूको निःशुल्क उपचार गर्न जिल्ला प्रशासनलाई निर्देशन दिनुभएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

आँधीका कारण धेरै क्षेत्रमा विद्युत् सेवा अवरुद्ध भएको छ भने राहत तथा उद्धार कार्य जारी रहेको बताइएको छ। मृतकको संख्या अझै बढ्न सक्ने आशङ्का गरिएको छ।

 


Thali Mobile Pvt.Ltd.