भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट भागेका कैदी बैतडीबाट पक्राउ

जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट भागेका कैदी बैतडीबाट पक्राउ

बैतडी, १ जेठ । जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट फरार भएका एक कैदीलाई बैतडी प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पुर्चौडी नगरपालिका–७ काफलीका नरेन्द्र सिंह रतोकी रहेका छन् । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलदेव बडूका अनुसार उनलाई शुक्रबार बिहान घरबाटै नियन्त्रणमा लिइएको हो ।इलाका प्रहरी कार्यालय पाटनका इन्चार्ज प्रहरी निरीक्षक इन्द्रराज भट्टको नेतृत्वमा खटिएको टोलीले बिहान करिब ४:३० बजे उनलाई पक्राउ गरेको जनाएको छ ।

रतोकी गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट फरार भएका थिए । उनी जबरजस्ती करणी तथा डाँकाचोरी मुद्दामा १७ वर्ष ६ महिना कैद सजाय भोगिरहेका कैदी हुन् ।

 


Thali Mobile Pvt.Ltd.