भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट भागेका कैदी बैतडीबाट पक्राउ

जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट भागेका कैदी बैतडीबाट पक्राउ

बैतडी, १ जेठ । जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट फरार भएका एक कैदीलाई बैतडी प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पुर्चौडी नगरपालिका–७ काफलीका नरेन्द्र सिंह रतोकी रहेका छन् । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलदेव बडूका अनुसार उनलाई शुक्रबार बिहान घरबाटै नियन्त्रणमा लिइएको हो ।इलाका प्रहरी कार्यालय पाटनका इन्चार्ज प्रहरी निरीक्षक इन्द्रराज भट्टको नेतृत्वमा खटिएको टोलीले बिहान करिब ४:३० बजे उनलाई पक्राउ गरेको जनाएको छ ।

रतोकी गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट फरार भएका थिए । उनी जबरजस्ती करणी तथा डाँकाचोरी मुद्दामा १७ वर्ष ६ महिना कैद सजाय भोगिरहेका कैदी हुन् ।

 


Thali Mobile Pvt.Ltd.