धनगढी । सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा सर्वसाधारणले पहुँचको भरमा पीसीआर हुने गरेको बताएका छन् । पुहँुुच हुनेको छिटै हुने र सर्वसाधारण भने पालो कुरेको कुरेई हुने गरेको उनीहरुको गुनासो छ ।
ग्लोबल आईएमईका एक पुरुष कर्मचारीले साउन ३० गते स्वाब दिए त्यसको रिपोर्ट भदौ १ गते पोजिटिभ आयो । धनगढीमा दुईवटा शाखा रहेको ग्लोबल आईएमईका ३९ कर्मचारीले भदौ १ गते नै स्वाब दिए । त्यसको रिपोर्ट दुई दिनपछि आयो । नजिकै रहेको अत्तरिया शाखाका ११ कर्मचारीको स्वाबको रिपोर्ट आउन भने नौ दिन कुर्नुपर्यो।
‘बैंक अत्यावश्यक सेवाभित्र पर्छ। पैसा समात्नै पर्छ। भीडभाड भए पनि काम गर्नै पर्छ । ढिला रिपोर्ट आएकाले कर्मचारी नौ दिनसम्म मानसिक तनावमा परेको ग्लोबल आईएमईका सुदूरपश्चिम प्रदेश प्रमुख मुकुन्द भट्टले बताए । नेताको रिर्पोट भने फटाफट आउने गरेको उनको भनाई छ । सर्वसाधारणको रिपोर्टक आउन हप्तौं लाग्ने तर नेता र कर्मचारीलाई भने यो कुरा लागु नभएको स्थानीयले बताए ।
