भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

सुर्खेतमा दुई यातायात प्रालिबीच समायोजन

सुर्खेतमा दुई यातायात प्रालिबीच समायोजन

कर्णाली । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा सञ्चालित दुई यातायात प्रालि समायोजन भएका छन् । वीरेन्द्रनगरबाट सञ्चालन हुँदै आएका पब्लिक हिमाल यातायात र बौद्ध यातायात प्रालिबीच समायोजन भएको हो ।

बौद्ध यातायात प्रालिका अध्यक्ष कमल गुरुङले आफ्नो संस्थामा रहेका एक सय ४४ सवारीलाई शुक्रबार एक सम्झौतापत्रमा हस्ताक्षर गर्दै पब्लिक हिमाल यातायात प्रालिमा समायोजन भएको बताउनुभयो । “हामी यही माघ १ गतेबाट संयुक्तरुपमा यातायात सञ्चालन गर्नेछौँ”, उहाँले भन्नुभयो ।त्यसैगरी, पब्लिक हिमाल यातायात प्रालिका अध्यक्ष खगेन्द्रप्रसाद शर्माले यातायातको क्षेत्रमा आएको धेरै फुट र विभाजनको अवस्थाले सवारीधनी धराशायी हुन पुगेकाले समायोजन हुनुपरेको बताउनुभयो । “ यसले सवारी धनीलाई धेरै राहत हुनेमा विश्वास रहेको उहाँको भनाइ थियो ।

 


Thali Mobile Pvt.Ltd.