सुर्खेतमा २० वर्षे युवकको मृत्यु भएसंगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ पुग्यो

सुर्खेतमा २० वर्षे युवकको मृत्यु भएसंगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ पुग्यो image

२३ जेठ २०७७ शुक्रबार, सुर्खेत । २० वर्षेका एक युवकले कोरोना भाइरसको स‌ंक्रमणबाट ज्यान गुमाएका छन् । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ पुगेको छ । क्वारेन्टाइनबाट घर फर्किएका युवकको बिहीबार मृत्यु भएको थियो ।

पञ्चपुरी नगरपालिका–१ हाँसेका उनी क्वारेन्टाइन बसेर घर फर्किएका थिए । युवकको मृत्युपछि पीसीआर जाँच गर्दा कोरोना पोजेटिभ देखिएको प्रदेश सरकारले पुष्टि गरेको छ । यसअघि पाल्पाका पुर्वखोला गाउँपालिका सिलुवाका ४५ वर्षका पुरुषको कोरोनाका कारण मृत्यु भएको थियो । उनी भारतबाट ५ दिन अघि नेपाल आएका थिए ।

उनी भारतबाट आएर पाल्पाको स्थानीय क्वारेन्टाइनमा रहेका थिए । उनलाई श्वासप्रश्वासको समस्या देखिएपछि पाल्पाको मिसन अस्पतालमा तीन दिन अघि भर्ना गरिएको थियो । उनको जेठ २० गते मंगालबार मृत्युभएको थियो ।

कोरोनाका कारण सिन्धुपाल्चोककी २९ वर्षीया महिला, बाँके नरैनापुरका २५ वर्षीय युवक, गुल्मीका ४१ वर्षीय पुरुष, बारा कलैयाका ७० वर्षीय वृद्ध, ललितपुर महानगरपालिका वडा नं. २२ का एक जना पुरुष, अर्घाखाँची भुमिकास्थान नगरपालिका–९ पुरुष, दैलेखको दुल्लु–११ का ३५ वर्षीय पुरुष, बाजुराकी २ वर्षीया बालिका र दोलखाका दोलखाका ७६ वर्षीय पुरुष गरी ९ जनाको कोरोनाका कारण मृत्यु भएको थियो ।

यसैबीच जुम्लामा क्वारेन्टाइनमै बसेका एक वृद्धको मृत्यु भएको छ । चन्दननाथ नगरपालिका–८ का उनी जेठ २१ गते नेपालगञ्जबाट जुम्ला गएका थिए । उनी भारतबाट नेपालगञ्ज हुँदै जुम्ला पुगेका थिए । उनीसँगै ९ जना नेपालगञ्जबाट जुम्ला पुगेका थिए ।

बाहिरी जिल्लाबाट आएका उनलाई नजिकैको क्वारेन्टाइनमा राखिएको थियो । धुपी ढुस्का माध्यमिक विद्यालयमा क्‍वारेन्टाइनमा रहेका ६५ वर्षीय व्यक्तिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका डीएसपी लालबहादुर धामीले जानकारी दिए ।

मृतक व्यक्तिको थ्रोट स्वाबको नमुना संकलनका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट स्वास्थ्यकर्मीको टोली त्यसतर्फ गएको छ । भारतबाट जुम्ला आइसकेपछि उनी बाटोमा हिँड्न सकिरहेका थिएनन् । उम्गाट भन्ने ठाउँमा उनी हिँड्न नसेकपछि उनलाई कसैले बोक्न मानेको थिएन । त्यसपछि उनकी बुहारीले बोकेर लगेकी स्थानीयले बताएक ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्

  • जनताको मुख थुनेर शासन चलाउँछु भन्नेको अन्त्य चाँडै हुन्छः विप्लव image

    जनताको मुख थुनेर शासन चलाउँछु भन्नेको अन्त्य चाँडै हुन्छः विप्लव

    काठमाडौं । जनताको मुख थुनेर सत्तामा टिकिरहन्छु भन्नु मुर्खता बाहेक केही नहुने र त्यसको अन्त्य चाँडै हुने नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले टिप्पणी गरेका छन् । काठमाडौंमा...

  • सचिवको अवकाश, निमित्तमा लम्साल image

    सचिवको अवकाश, निमित्तमा लम्साल

    काठमाडौं । परराष्ट्र सचिव भरतराज पौड्यालले सेवाबाट अवकाश लिएका छन् । ३७ वर्ष लामो सक्रिय निजामती सेवाबाट आजदेखि अवकाश लिएका हुन । सरकारले पौड्याललाई क्यानडाका लागि नेपाली राजदूतमा सिफारिस...

  • एमाले पदयात्रा आज बागलुङ पुग्यो image

    एमाले पदयात्रा आज बागलुङ पुग्यो

    काठमाडौं । एमालेले बैतडीबाट सुरु गरेको ‘झुलाघाट–चिवा भञ्जयाङ पाँचथर’ बाट सुरु गरेको ‘समृद्धिका लागि सङ्कल्पयात्रा’ आज बागलुङ पुगेको छ । अध्यक्ष केपी ओलीसहितको टोली पदयात्राका क्रम आज बागलुङ पुग्ने...

  • अल नासर र इस्तिकोलको खेले बराबरी image

    अल नासर र इस्तिकोलको खेले बराबरी

    काठमाडौं । एएफसी च्याम्पियन्स लिग फुटबलमा अल नासर र इस्तिकोलले बराबरी खेलेका छन् । गएराति भएको समूह ‘इ’ को खेलमा साउदी अरेबियन क्लब अल नासर र ताजकिस्तानी फुटबल क्लब...

Prem Durbar Hotel and Nagarkot Zipline ResorthotelghyampedandaHotel City Gaon