भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

सुर्खेतमा २० वर्षे युवकको मृत्यु भएसंगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ पुग्यो

सुर्खेतमा २० वर्षे युवकको मृत्यु भएसंगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ पुग्यो

२३ जेठ २०७७ शुक्रबार, सुर्खेत । २० वर्षेका एक युवकले कोरोना भाइरसको स‌ंक्रमणबाट ज्यान गुमाएका छन् । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ पुगेको छ । क्वारेन्टाइनबाट घर फर्किएका युवकको बिहीबार मृत्यु भएको थियो ।

पञ्चपुरी नगरपालिका–१ हाँसेका उनी क्वारेन्टाइन बसेर घर फर्किएका थिए । युवकको मृत्युपछि पीसीआर जाँच गर्दा कोरोना पोजेटिभ देखिएको प्रदेश सरकारले पुष्टि गरेको छ । यसअघि पाल्पाका पुर्वखोला गाउँपालिका सिलुवाका ४५ वर्षका पुरुषको कोरोनाका कारण मृत्यु भएको थियो । उनी भारतबाट ५ दिन अघि नेपाल आएका थिए ।

उनी भारतबाट आएर पाल्पाको स्थानीय क्वारेन्टाइनमा रहेका थिए । उनलाई श्वासप्रश्वासको समस्या देखिएपछि पाल्पाको मिसन अस्पतालमा तीन दिन अघि भर्ना गरिएको थियो । उनको जेठ २० गते मंगालबार मृत्युभएको थियो ।

कोरोनाका कारण सिन्धुपाल्चोककी २९ वर्षीया महिला, बाँके नरैनापुरका २५ वर्षीय युवक, गुल्मीका ४१ वर्षीय पुरुष, बारा कलैयाका ७० वर्षीय वृद्ध, ललितपुर महानगरपालिका वडा नं. २२ का एक जना पुरुष, अर्घाखाँची भुमिकास्थान नगरपालिका–९ पुरुष, दैलेखको दुल्लु–११ का ३५ वर्षीय पुरुष, बाजुराकी २ वर्षीया बालिका र दोलखाका दोलखाका ७६ वर्षीय पुरुष गरी ९ जनाको कोरोनाका कारण मृत्यु भएको थियो ।

यसैबीच जुम्लामा क्वारेन्टाइनमै बसेका एक वृद्धको मृत्यु भएको छ । चन्दननाथ नगरपालिका–८ का उनी जेठ २१ गते नेपालगञ्जबाट जुम्ला गएका थिए । उनी भारतबाट नेपालगञ्ज हुँदै जुम्ला पुगेका थिए । उनीसँगै ९ जना नेपालगञ्जबाट जुम्ला पुगेका थिए ।

बाहिरी जिल्लाबाट आएका उनलाई नजिकैको क्वारेन्टाइनमा राखिएको थियो । धुपी ढुस्का माध्यमिक विद्यालयमा क्‍वारेन्टाइनमा रहेका ६५ वर्षीय व्यक्तिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका डीएसपी लालबहादुर धामीले जानकारी दिए ।

मृतक व्यक्तिको थ्रोट स्वाबको नमुना संकलनका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट स्वास्थ्यकर्मीको टोली त्यसतर्फ गएको छ । भारतबाट जुम्ला आइसकेपछि उनी बाटोमा हिँड्न सकिरहेका थिएनन् । उम्गाट भन्ने ठाउँमा उनी हिँड्न नसेकपछि उनलाई कसैले बोक्न मानेको थिएन । त्यसपछि उनकी बुहारीले बोकेर लगेकी स्थानीयले बताएक ।

 


Thali Mobile Pvt.Ltd.