भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सुर्खेत पुगेर माधवले भने, केपी ओली कम्युनिष्ट होइनन्’

सुर्खेत पुगेर माधवले भने, केपी ओली कम्युनिष्ट होइनन्’

सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष माधवकुमार नेपालले सुर्खेतको सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओली कम्युनिष्ट नभएको दावी गरेका छन् । ओली सुध्रिएर गएनन् भने पुर्पुरोमा हात राख्नुपर्ने बताए ।

वीरेन्द्रनगरमा बिहीबार नेता नेपालले ओलीले पार्टीका नेतामाथि बदलाको भावना राखेर मुलुकलाई संकटमा पारेको जिकिर गरे । भेलामा नेकपा कर्णाली प्रदेश इञ्चार्ज समेत रहेका पूर्व मन्त्री जनार्दन शर्माले ओलीका कारण देशमा भ्रष्ट्राचार निम्तियो । क्रान्तिको झण्डालाई ओलीले निमोठेर फाल्नेको आरोप लगाए । अव जनताले रक्षाका निमित्त आवाज उठाउनु पर्ने अवस्था आएको बताए ।

कर्णाली प्रदेशलाई हेपेको आरोप लगाउदै उनले कर्णाली आफ्नै पक्षमा रहेको बताए । भेलामा कर्णाली प्रदेश सरकारका प्रवक्ता समेत रहेकी भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसी, सांसद सीता नेपाली, चन्द्रबहादुर शाही लगायतले पनि ओलीको संसद विघटनको खुलेर विरोध गरे ।

 


Thali Mobile Pvt.Ltd.