भर्खरै : Sorry, your browser does not support inline SVG.
स्ट्रेट अफ होर्मुजबाट शुल्क उठाउने प्रस्ताव इरानी संसदमा स्वीकृत | नक्कली प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता बनेकी बोहराविरुद्ध भ्रष्टाचार मुद्दा | भारतीय कुखुरा र चल्लाको अवैध तस्करी रोक्न किसानको प्रदर्शन, माइतीघरमा उठ्यो कडा माग | बडीमालिकामा पूजा अर्चनाका लागि सरकारी टोली प्रस्थान, ४ हजार २०० मिटर उचाइमा फोरजी विस्तार | ‘बलात्कारीलाई फाँसी देऊ’ भन्दै सडकदेखि संसद्सम्म चर्कियो आवाज | पाइलैपिच्छे होस्टेल, मनलाग्दी सञ्चालनले जोखिममा विद्यार्थी | प्रधानमन्त्रीको मुस्ताङ भ्रमणबारे संसदलाई जानकारी गराउन हर्क साम्पाङको माग | अमेरिकालाई साथ दिने देशलाई इरानको कडा चेतावनी ‘शत्रु मानिनेछ’ |

सुर्खेत पुगेर माधवले भने, केपी ओली कम्युनिष्ट होइनन्’

सुर्खेत पुगेर माधवले भने, केपी ओली कम्युनिष्ट होइनन्’

सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष माधवकुमार नेपालले सुर्खेतको सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओली कम्युनिष्ट नभएको दावी गरेका छन् । ओली सुध्रिएर गएनन् भने पुर्पुरोमा हात राख्नुपर्ने बताए ।

वीरेन्द्रनगरमा बिहीबार नेता नेपालले ओलीले पार्टीका नेतामाथि बदलाको भावना राखेर मुलुकलाई संकटमा पारेको जिकिर गरे । भेलामा नेकपा कर्णाली प्रदेश इञ्चार्ज समेत रहेका पूर्व मन्त्री जनार्दन शर्माले ओलीका कारण देशमा भ्रष्ट्राचार निम्तियो । क्रान्तिको झण्डालाई ओलीले निमोठेर फाल्नेको आरोप लगाए । अव जनताले रक्षाका निमित्त आवाज उठाउनु पर्ने अवस्था आएको बताए ।

कर्णाली प्रदेशलाई हेपेको आरोप लगाउदै उनले कर्णाली आफ्नै पक्षमा रहेको बताए । भेलामा कर्णाली प्रदेश सरकारका प्रवक्ता समेत रहेकी भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसी, सांसद सीता नेपाली, चन्द्रबहादुर शाही लगायतले पनि ओलीको संसद विघटनको खुलेर विरोध गरे ।

 


Thali Mobile Pvt.Ltd.