भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित | भोटेकोशी बाढीअघि ४० सेन्टिमिटरसम्म भू–विस्थापन भएको ईसीमोडको अध्ययन प्रतिवेदन | चाडपर्व लक्षित सुरक्षाः सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन | साउदी विमानस्थलमा आक्रमणमा घाइते नेपाली खतरामुक्त, पक्राउ परेका पनि रिहा | दसैँका लागि १ लाख ३० हजारभन्दा बढीले लिए अग्रिम टिकट, घर फर्किनेको चाप बढ्यो |

सूर्यविनायकका महिलाहरु नेतृत्व विकासमा जुटे

सूर्यविनायकका महिलाहरु नेतृत्व विकासमा जुटे

भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नं. ८ का किसान महिलाहरु नेतृत्व विकासमा जुटेका छन् । सिपाडोलका महिलाहरुले यसपालिको महिला लक्षित बजेटलाई नेतृत्व विकासमा लगाएका हुन । विष्णु नारायण महिला सामुदायिक संस्थाको आयोजनामा भएको पाँच दिन नेतृत्व विकास तालिममा सीप विकासमा सकरात्मक सोच र समूह व्यवस्थापनका कुरा सिकेका छन् ।

उर्वरा रिसोटमा संचालन गरिएको उक्त तालिममा ५० जना महिलाको सह‌भागिता रहेको थियो । कार्यक्रमको समापनमा बोल्दै बागमती प्रदेशका साँसद किरण थापा मगरले जवसम्म महिला सीप विकास र आर्थिक आयआर्जनमा सच्छम हुदैनन्, तबसम्म समाज परिवर्तन नहुने बताए ।

यस्तै वडा नं. ८ का वडा अध्यक्ष पुष्पराज वस्नेतले महिला उत्पादनमा नजोडिएसम्म दिगो विकासको लक्ष्य पुरा नहुने धारणा राखे । तालिमको लक्ष्य पुरा गर्न विना बस्नेतले महत्वपूर्ण भूमिका खेलेकी थिइन् । तालिममा प्रयोगात्मक, छलफल समूह, प्रस्तुति विधिबाट संचालन भएको शुभलक्ष्मी श्रेष्ठले बताइन् ।

 


Thali Mobile Pvt.Ltd.