भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

सेनाले गर्यो शव व्यवस्थापन पूर्वाभ्यास

सेनाले गर्यो शव व्यवस्थापन पूर्वाभ्यास

१९ बैशाख २०७७ सिरहा । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण नेपालमा बढ्दै गएपछि सेनाले सङ्क्रमितको शव व्यवस्थापनसम्बन्धी पूर्वाभ्यास गरेको छ ।

कोरोना सङ्क्रमित मृतकको भयावह स्थिति सिर्जना भएमा मृत शरीरको व्यवस्थापन कसरी गर्ने ? यतापट्टी ध्यान दिदै नेपाली सेनाले शव व्यवस्थापन पूर्वाभ्यास गरेको हो ।

सेनाको मध्य पूर्वी पृतना हेडक्वार्टर अन्तर्गत सिरहाको चोहर्वामा रहेको शेर गण ब्यारेक हाताभित्र कोरोना भाइरस सङ्क्रमित मृत शरीर व्यवस्थापनको पूर्वाभ्यास गरेको सेनाले जनाएको छ ।

कोरोना सङ्क्रमित मृत शरीरको व्यवस्थापन गर्ने तरिका र एम्बुलेन्स तथा सवारी साधनलाई कसरी प्रयोग गर्ने भन्ने विषयमा केन्द्रित रहेको सिरहाका प्रमुख जिल्ला अधिकारी सरोजकुमार गुरागाँईले बताए ।

कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन सरकारले गरेको लकडाउन सिरहामा उल्लङ्घनका घटना बढ्न थालेपछि त्यहाँ नेपाली सेना परिचालन गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.