भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

अनेकौं अफवाहकाबीच उत्तर कोरियाली नेता किम जोङ उन सार्वजनिक

अनेकौं अफवाहकाबीच उत्तर कोरियाली नेता किम जोङ उन सार्वजनिक

काठमाडौं । विश्वका सञ्चार माध्यममा अनेकौं अफवाहकाबीच उत्तर कोरियाली नेता किम जोङ उन सार्वजनिक भएका छन् ।

भारतीय र पश्चिममा सञ्चार माध्यममा उनी जीवित नै नरहेको दावीसहितका समाचारहरु सार्वजनिक भइरहेका थिए । यसैवीच कोरियाली नेता किम २० दिनपछि सार्वजनिक कार्यक्रममा देखिएको बीबीसीले जनाएको छ ।

नेता किम एक रासायनिक मल कारखाना उद्घाटन कार्यक्रममा रिबन काटिरहेको तस्वीर रोयटर्सले सार्वजनिक गरेको छ ।

समाचार एजेन्सी केसीएनएका अनुसार नेता किमले उत्तर कोरियाका उच्च अधिकारी र आफ्नी वहिनी किम यो जोङको उपस्थितिमा रिबन काटेको तस्वीर सार्वजनिक भएको हो ।

१२ अप्रिलमा सार्वजनिक कार्यक्रममा देखिएका किम अप्रिल १५ मा आफ्ना हजुरवुवा किम इल संङको जन्मोत्सव कार्यक्रममा समेत उपस्थित नभएपछि उनी गम्भीर विरामी परेर शल्यक्रिया गरिएको, क्षेप्यास्त्र परिक्षण दुर्घटनामा परेको लगायतका समाचारहरु सार्वजनिक भएका थिए ।

 


Thali Mobile Pvt.Ltd.