भर्खरै : Sorry, your browser does not support inline SVG.
ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर | सुस्तामा डुबानको जोखिम बढेपछि स्थानीय आफैं तटबन्ध निर्माणमा, नदी कटान रोक्न दिनरात खटिए | निर्मला पन्त प्रकरणमा गृहमन्त्रीको प्रतिप्रश्न : ‘हजुरहरू सत्तामा हुँदा किन गर्नुभएन?’ | विदेशबाट फर्किने नेपालीलाई सरकारको आग्रह : अपरिचितको सुन तथा बहुमूल्य सामान नल्याउनुहोस् | चार महिनापछि खुल्यो काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय, पठन सेवा साउन २५ देखि | ३० जिल्लामा बाढीको जोखिम, नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | सरकारी कर्मचारीको नयाँ तलबमान लागू, मासिक तलब ३६ हजार ७०० देखि १ लाख ४ हजार रुपैयाँसम्म | कोष अभावले अफगानिस्तानमा बाल कुपोषण संकट गहिरियो, लाखौँ बालबालिकाको जीवन जोखिममा |

सौन्दर्य बढाउन प्रयाेग गर्नुहाेस घिउकुमारी

सौन्दर्य बढाउन प्रयाेग गर्नुहाेस घिउकुमारी

एलोभेरा अर्थात घिउकुमारी । सौन्दर्य बढाउनका लागि होस् वा शारीरिक स्वास्थ्यका लागि याे उपयोगी वनस्पति हो । घर–बगैंचामा, गमलामा सजिलै रोप्न र हुर्काउन सकिने याे वनस्पति आजभोलि सौन्दर्य निखार्नको लागि घिउकुमारी प्रयोग भएको जेल, बडी लोसन, हेयर जेल, स्किन जेल, स्याम्पु, साबुन, फेसियल फोम र ब्युटि क्रिममा पाइन्छ ।

यसले धेरै प्रकारका स्वास्थ र सौन्दर्य समस्यालाई ठिक गर्न सहयोग गर्छ । यसकाे प्रयोग गर्नका लागि हामीले बजारमा निर्भर हुनैपर्दैन । थोरै जग्गामा पनि सानो सानो गमलामा यसलाई रोपेर यसको प्रयोग गर्न सकिन्छ ।

घिउकुमारीमा ?

यसमा १८ खालका धातु, १५ खालका एमिनो एसिड र १२ खालका भिटामिनहरु पाइन्छन् ।

यसको सेवनबाट धेरै पौष्टिक पदार्थहरु पाउन सकिन्छ ।

यसको काँडायुक्त पातहरुलाई काटेर जेल निकालेर बिहान खाली पेटमा ३–४ चम्चा खाएमा शरीरमा दिनभर शक्ति बढ्छ र शरीर चुस्त दुरुस्त हुन्छ ।

टाउको दुख्ने, मधुमेह, गर्भाशयको रोग, पेटको खराबी, चाँयापोतो, रुखो छाला, घामले डढेको छाला, अनुहारको दागधब्बा, आँखाको कालो घेरा आदि समस्याहरु हटाउन घिउकुमारी धेरै लाभदायक हुन्छ ।

यसले रगतको कमीलाई हटाउँछ र शरीरको रोग प्रतिरोधी क्षमता बढाउँछ ।

यसले रगतमा ग्लुकोजको मात्रा पनि बढाउँछ ।

आगोले पोलेको, काटेर चोट लागेको ठाँउमा घिउकुमारी लगाइदिएमा आफ्नो एन्टी ब्याक्टेरिया र एन्टी फंगल गुणको कारण यसले घाउलाई चाँडै निको बनाइदिन्छ ।

यसलाई छालामा लगाउनु पनि त्यत्तिकै धेरै लाभदायी हुन्छ ।

लामखुट्टेको टोकाइबाट छाला बिग्रिएमा पनि यसको प्रयोगले छालाको सुरक्षा गर्छ ।

यसको गुदी वा जेल निकालेर कपालमा लगाएमा कपाल कालो, लामो, बाक्लो र मजबुत हुन्छ ।

घिउकुमारी जेल वा जुसलाई मेहन्दीमा मिसाएर कपालमा लगाएमा कपाल चमकदार र स्वस्थ हुन्छ ।

 


Thali Mobile Pvt.Ltd.