एलोभेरा अर्थात घिउकुमारी । सौन्दर्य बढाउनका लागि होस् वा शारीरिक स्वास्थ्यका लागि याे उपयोगी वनस्पति हो । घर–बगैंचामा, गमलामा सजिलै रोप्न र हुर्काउन सकिने याे वनस्पति आजभोलि सौन्दर्य निखार्नको लागि घिउकुमारी प्रयोग भएको जेल, बडी लोसन, हेयर जेल, स्किन जेल, स्याम्पु, साबुन, फेसियल फोम र ब्युटि क्रिममा पाइन्छ ।
यसले धेरै प्रकारका स्वास्थ र सौन्दर्य समस्यालाई ठिक गर्न सहयोग गर्छ । यसकाे प्रयोग गर्नका लागि हामीले बजारमा निर्भर हुनैपर्दैन । थोरै जग्गामा पनि सानो सानो गमलामा यसलाई रोपेर यसको प्रयोग गर्न सकिन्छ ।
घिउकुमारीमा ?
यसमा १८ खालका धातु, १५ खालका एमिनो एसिड र १२ खालका भिटामिनहरु पाइन्छन् ।
यसको सेवनबाट धेरै पौष्टिक पदार्थहरु पाउन सकिन्छ ।
यसको काँडायुक्त पातहरुलाई काटेर जेल निकालेर बिहान खाली पेटमा ३–४ चम्चा खाएमा शरीरमा दिनभर शक्ति बढ्छ र शरीर चुस्त दुरुस्त हुन्छ ।
टाउको दुख्ने, मधुमेह, गर्भाशयको रोग, पेटको खराबी, चाँयापोतो, रुखो छाला, घामले डढेको छाला, अनुहारको दागधब्बा, आँखाको कालो घेरा आदि समस्याहरु हटाउन घिउकुमारी धेरै लाभदायक हुन्छ ।
यसले रगतको कमीलाई हटाउँछ र शरीरको रोग प्रतिरोधी क्षमता बढाउँछ ।
यसले रगतमा ग्लुकोजको मात्रा पनि बढाउँछ ।
आगोले पोलेको, काटेर चोट लागेको ठाँउमा घिउकुमारी लगाइदिएमा आफ्नो एन्टी ब्याक्टेरिया र एन्टी फंगल गुणको कारण यसले घाउलाई चाँडै निको बनाइदिन्छ ।
यसलाई छालामा लगाउनु पनि त्यत्तिकै धेरै लाभदायी हुन्छ ।
लामखुट्टेको टोकाइबाट छाला बिग्रिएमा पनि यसको प्रयोगले छालाको सुरक्षा गर्छ ।
यसको गुदी वा जेल निकालेर कपालमा लगाएमा कपाल कालो, लामो, बाक्लो र मजबुत हुन्छ ।
घिउकुमारी जेल वा जुसलाई मेहन्दीमा मिसाएर कपालमा लगाएमा कपाल चमकदार र स्वस्थ हुन्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौँ, १४ वैशाख । हरेक वर्ष वैशाख कृष्ण औँसीका दिन मनाइने मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने पर्व आज देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै छ। यो दिन सन्तानहरूले आफ्नी आमालाई...
काठमाडौं । नेपाली लोकसङ्गीतको आँगनमा एक पटक फेरि मिठास भरिएको छ। चर्चित गीतकार तथा सर्जक भीम कुमार ओझाको प्रस्तुतिमा तयार भएको ‘दुई दिने जिन्दगी’ बोलको नयाँ लोकगीत सार्वजनिक भएको...
काठमाडौं । नेपाली लोकसंगीतको फाँटमा फेरि एकपटक गहिरो भाव र सन्देश बोकेको गीत सार्वजनिक भएको छ। गायक तथा संगीतकार हेमन्त कान्छा रसाइलीको युट्युब च्यानलमार्फत “जानै लाग्यो बैश रिमै” बोलको...
झापा,चैत २६ । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको टोलीले झापामा समितिको कार्यक्षेत्रसँग सम्बन्धित विषयमा सरोकारवालाका सुझाव संकलन गरेको छ ।जिल्ला प्रशासन...