भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने | लगानीको शब्दबाट विश्व शक्तिको मोर्चासम्म : कसरी बदलिँदैछ ‘ब्रिक्स’को प्रभाव ? | बाढीले बगाएको देवीघाटको पुल पाँच दिनमै पुनर्निर्माण, सबै प्रकारका गाडी चल्न थाले | विदेशी लगानीकर्ताको रोजाइमा सूचना प्रविधि, ७२७ परियोजनामा लगानी प्रतिबद्धता | भोटेकोशी बाढीको असर : ५ जिल्लाका १५ पालिकामा १६ हजारभन्दा बढी घरधुरी प्रभावित | कंगोमा दुई विद्यालयमा भीषण आगलागी, भागदौडमा २९ विद्यार्थीको मृत्यु | रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ |

‘सौरव २०२०’ संग्रह सार्वजनिक

‘सौरव २०२०’ संग्रह सार्वजनिक

काठमाडौँ । भुटनिज अमेरिकन म्युजिक एसोसिएशन (बामा) र सौरव म्युजिकको प्रस्तुति रहेको गीति संग्रह सौरव २०२० म्युजिक फर ब्रिज सार्वजनिक भएको छ ।

नेपाली गीत संगीत क्षेत्रमा क्रियासिल गीतकार, प्रेरक, अनुवादक तथा समाजसेवी सौरव तिम्सिनाको एकल शब्दमा रहेको यस गीति संग्रहलाई इन्द्रावती क्रिएशन मार्फत सार्वजनिक गरिएको हो । यस संग्रहमा ६ वटा गीतहरु समावेश छन् ।

किरण गजमेर, किशोर सिवाकोटी, टेक दुधराज, रमेश कडेल, प्रविन दियाली, महेश थुलुङ, टिका लामिछाने, एल बी मोक्तान, निशान राईले बिभिन्न गीतमा आफ्नो आवाज दिएका छन् । यस संग्रहका गीतहरुमा अम्बर तुम्बापो सुब्बा, लोकेश गुरुङ, एस डी योगी, अरुण तामाङ र रोनान सुब्बाले संगीत दिएका छन् ।

संग्रह भित्रका विभिन्न गीतहरुमा गोपाल रसाइली, विकाश राई, किरण कडेल, रिकेश गुरुङ र मोहित मुनालको संगीत संयोजन रहेको छ। छिट्टै नै अरु नयाँ गीतहरु सार्वजनिक गर्दै जाने गीतकार तिम्सिनाले बताए ।

 


Thali Mobile Pvt.Ltd.