भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

स्थानीय निर्वाचनः गाउँमा चहलपहल, सहर सुनसान

स्थानीय निर्वाचनः गाउँमा चहलपहल, सहर सुनसान

राँझा । नेपालगञ्जमा होटल व्यवसाय गर्दै आउनुभएकी बैजनाथकी लक्ष्मी योगीलाई चुनावमा भाग लिन गाउँ जाने तर्खरमा हुनुहुन्छ ।बैजनाथ गाउँपालिका–२ निवासी उनी अरु बेला नेपालगञ्जमा होटल व्यवसाय गरे पनि भोट हाल्न गाउँ जाँदा रमाइलो हुने बताउनुहुन्छ । बाँकेको नेपालगञ्ज र कोहलपुरमा पेशा तथा व्यवसाय गरेर बस्दै आएका अधिकांश सर्वसाधारण आ–आफ्नो गाउँमा फर्किसकेका छन् । आसन्न निर्वाचनमा मतदानको लागि आज साँझसम्म सबैजसो सर्वसाधारण आ–आफ्नो गाउँ फर्किसक्ने होटल व्यवसायी महासङ्घ बाँकेका अध्यक्ष भीमलाल कँडेलले जानकारी दिनुभयो ।उहाँले नेपालगञ्जमा होटल व्यवसाय गर्दै आएका अधिकांश व्यवसायी आ–आफ्नो गाउँमा भोट हाल्न पुगेको जानकारी दिनुभयो । होटल व्यवसायी चुनावमा भोट हाल्न गाउँ गएका कारण नेपालगञ्जका धेरैजसो होटल बन्द भएका छन् ।

निर्वाचनले सहरमा भन्दा गाउँमा चहलपहल बढाएको छ । पेसा तथा व्यवसायमा व्यस्त हुँदै आएका सर्वसाधारणले निर्वाचनलाई गाउँ पुगेर घरपरिवारसँग भेटघाट गर्ने अवसरका रुपमा पनि लिएको उहाँको भनाइ छ ।सहरमा पेशा तथा व्यवसाय गर्ने सर्वसाधारण निर्वाचनमा भाग लिन गाउँ फर्किएपछि यतिबेला सहरमा भन्दा गाउँमा चहलपहल बढेको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका महासचिव चिरञ्जीवी ओलीले बताउनुभयो । बाँकेमा स्थानीय तहको निर्वाचनको लागि निजामती कर्मचारी, संस्थानका कर्मचारी र सुरक्षाकर्मी गरी करिब छ हजार २०० परिचालन भएका छन् ।निर्वाचनका लागि जिल्लाका आठवटै पालिकामा निजामती र संस्थानका कर्मचारी गरी दुई हजार २०० परिचालन भएको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले दिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार निर्वाचनका लागि बाँकेमा चार हजार बढी नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका सुरक्षाकर्मी परिचालन गरिएको छ । जिल्लामा १३६ मतदान केन्द्र र ३७९ मतदानस्थल छन् । जिल्लाका १३६ मतदान केन्द्रमध्ये १०६ मतदान केन्द्र अत्यन्तै संवेदनशील र ३० मतदान केन्द्र संवेदनशील रहेको सुरक्षा विश्लेषण गरी यसैअनुरुप सुरक्षा प्रबन्ध मिलाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.