भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

स्वचालित ड्राइभिङ स्टार्टअप क्यू क्राफ्टमा टिकटकको लगानी

स्वचालित ड्राइभिङ स्टार्टअप क्यू क्राफ्टमा टिकटकको लगानी

काठमाडौं । चिनियाँ सोसल मिडिया कम्पनी बाइटड्यान्सले स्थानीय स्वचालित ड्राइभिङ स्टार्टअप कम्पनी क्यूक्राफ्ट कर्पोरेसनमा लगानी गरेको छ । क्यूक्राफ्ट र बाइटड्यान्सको नयाँ सम्झौताबारे जानकार व्यक्तिहरुले खुलासा गरेका हुन् । टिकटकको स्वामित्वकर्ता बााइटड्यान्स कम्पनीले क्यूक्राफ्टको पछिल्लो फण्डरेजिङ राउण्डमा कम्तिमा साढे दुई करोड डलर लगानी गरेको हो । कम्पनीहरुबीच गोप्य समझदारी भएको भन्दै स्रोतले आफ्नो पहिचान गोप्य राखेका छन् ।

क्यूक्राफ्ट कम्पनी हाल आफ्नो प्रविधि चीनको मिनिबसहरुमाथि परीक्षण गरिरहेको छ । नयाँ सम्झौताबारे बाइटड्यान्स र क्यूक्राफ्ट दुवै कम्पनीले कुनै प्रतिक्रिया दिएका छैनन् ।

दुई कम्पनीबीचको सम्झौताले चीनको यातायात उद्योगमा स्वचालित ड्राइभिङ तथा स्मार्ट मोबिलिटी सोलुसन प्रदान गर्ने अपेक्षा गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.