भर्खरै : Sorry, your browser does not support inline SVG.
मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन | काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान | चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना |

स्वास्थ्य क्षेत्र सुधार छुः मन्त्री गिरी

स्वास्थ्य क्षेत्र सुधार छुः मन्त्री गिरी

चितवन । स्वास्थ्य क्षेत्रमा धेरै ठूलो सुधार गर्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले बताएका छन् । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले शनिबार आयोजना गरेको कार्यक्रममा बोल्दै गिरीले समस्या विकराल भए पनि समाधान गर्ने बताएका हुन ।

कूल बजेटको पाँच दशमलव ७४ प्रतिशत मात्रै बिनियोजन भएको भन्दै समस्या समाधानका लागि यो बजेट अत्यन्त न्यून रहेको जिकिर गरे । विनियोजित बजेटको सीमाभित्र बसेर स्वास्थ्य क्षेत्रमा देखिएको ठूलो समस्या समाधान गर्नुपर्ने स्थिति भएकोले थप बजेट आवश्यक भएको बताए ।

गुणस्तरीय स्वास्थ्य सेवा आम नेपालीसम्म पु¥याउने विषय चुनौती भएको भन्दै मन्त्री गिरीले पैसाको अभावमा अस्पताल जान नपाएका जनतासम्म पुगेर गुणस्तरीय स्वास्थ्य सेवा दिने विषय पहिलो प्राथमिकता रहेको बताए ।

अस्पतालले पछिल्लो समय गरेका उपलब्धी र भएका समस्याका बारे मन्त्री गिरीलाई अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतमले जानकारी गराएका थिए ।

 


Thali Mobile Pvt.Ltd.