भर्खरै : Sorry, your browser does not support inline SVG.
हेमन्त कान्छा रसाइलीको नयाँ गीत ‘चौतारीमा’ रिलिज | मलेसिया रोजगारीमा तीन लाख असुल्ने म्यानपावरमाथि स्टिङ अपरेशन, एजेन्ट पक्राउ | कङ्गोमा इबोला प्रकोपः ८० जनाको मृत्यु, डब्लुएचओद्वारा विश्व स्वास्थ्य आपतकाल घोषणा | कामिरिता शेर्पाले ३२औँ पटक सगरमाथा आरोहण गर्दै आफ्नै कीर्तिमान तोडे, ल्हाक्पा शेर्पाको ११औँ आरोहण | थानकोटमा घरायसी विवादले उग्र रूप लिँदा युवकको चक्कु प्रहार गरी हत्या, भिनाजु पक्राउ | सिराहामा १९ लाखभन्दा बढी मूल्यका अवैध सामानसहित दुई जना पक्राउ | आजदेखि गंगा दशहरा शुरु, अधिकमासमै किन मनाइँदैछ पर्व ? | पश्चिमी वायु सक्रियः कोशी, बागमती र गण्डकीमा मेघगर्जनसहित वर्षाको सम्भावना |

स्वास्थ्य र सुरक्षाका मापदण्डलाई व्यवस्थित रूपमा कार्यान्वयन गराउने निर्णय

स्वास्थ्य र सुरक्षाका मापदण्डलाई व्यवस्थित रूपमा कार्यान्वयन गराउने निर्णय

काठमाण्डौ । केन्द्रीय सुरक्षा समितिको अनौपचारिक बैठकले स्वास्थ्य र सुरक्षाका मापदण्डलाई व्यवस्थित रूपमा कार्यान्वयन गराउने निर्णय गरेको छ । कार्यवाहक प्रधानमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा सोमवार सिंहदरबारमा रहेको गृह मन्त्रालयमा भएको बैठकले सबै सम्बन्धित मन्त्रालय र निकायलाई मापदण्डलाई थप सजगताका साथ पालना गराउन आग्रह गर्ने विषयमा छलफल भएको जनाएको हो ।

बैठकमा रक्षा मन्त्री डा. मीनेन्द्र रिजाल, परराष्ट्र मन्त्री डा. नारायण खड्का, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडा, सामान्य प्रशासन तथा सङ्घीय मामिला मन्त्री राजेन्द्र श्रेष्ठ, विभिन्न मन्त्रालयका सचिव र सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति थियो । लापर्बाही गर्दा कोभिड बढेका विगतका अनुभवबाट पाठ सिक्नुपर्ने जनाउँदै अहिले निषेधाज्ञा वा कुनै आदेश जारी नहुने र चाडबाडका समयमा भिडभाड बढ्न सक्ने भएकाले कोभिड–१९ को जोखिमबाट बच्न स्वस्थ्य मापदण्डको पालना गर्न बैठकले आग्रह गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.