कैलाली । कैलालीको गौरीगंगा –३, कुचैनीस्थित राष्ट्रिय वनबाट सालको काठ तस्करी हुदै गर्दा दुईजनालाई वनका कर्मचारीले पक्राउ गरेका छन् । ढुंगामुनि लुकाएर ल्याउँदै गरेको ५० गोलिया चिरेको काठ ट्रलीसहित कर्मचारीले बरामद गरेका हुन ।
काठ बोकेको ट्याक्टर वडासदस्य निरज चौधरीको रहेको प्रहरीले बताएको छ। यो घटना शुक्रवारको हो । त्यस्तै गौरीगंगा नगरपालिका–७, सुनपाल सामुदायिक वनसँग जोडिएको राष्ट्रिय वनमा ३२ वटा सालका रुख काटिएको र रुख कटानीमा संलग्न भएको आरोपमा सामुदायिक वनका अध्यक्ष, कोषाध्यक्षलगायत १० जनाविरुद्ध अहिले मुद्दा चलिरहेको छ।
यस्तै कञ्चनपुरको शुक्लाफाटा नगरपालिका–१, जनज्योति सामुदायिक वनका अध्यक्ष, सचिव, कोषाध्यक्षलगायत पदाधिकारीलाई काठ तस्करीको आरोपमा डिभिजन वन कार्यालयले पक्राउ गर्दा एक सय क्युफिट काठ बरामद गरेको थियो।
यी प्रतिनिधि घटनामा काठ तस्करीमा सामुदायिक वनका पदाधिकारी, जनप्रतिनिधि तथा राजनीतिक दलसँग आबद्ध व्यक्ति संलग्न रहेका छन्। हरियो वन तस्करीको धन भन्ने उखानमा चरितार्थ भएको छ । कैलाली र कञ्चनपुरमा पछिल्ला दिनमा शक्तिको आडमा वन फँडानी गरी काठ तस्करी भइरहेको स्थानीयवासीले बताईरहेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
धनगढी, ४ वैशाख । कैलाली जिल्लामा लागुऔषध दुरुपयोग र अवैध तस्करी डरलाग्दो रूपमा बढिरहेको छ। जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार, गत एक वर्षको अवधिमा लागुऔषधसहित ७७० जनालाई पक्राउ गरिएको छ...
बैतडी । सुरक्षित वैदेशिक रोजगारीबारे जानकारी दिने उद्देश्यले बैतडीमा आप्रवासी स्रोत केन्द्र (सहायता कक्ष) सञ्चालन गरिएको छ ।सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयद्वारा सञ्चालित सुरक्षित आप्रवासन कार्यक्रम (सामी)को सहयोगमा आप्रवासी स्रोत...
अछाम । डोटी भूकम्पबाट प्रभावितको घर पुनर्निर्माण अछामबाट सुरु हुने भएको छ । अछामका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले मङ्गलसेन नगरपालिका–५ का भूकम्पपीडित खण्टी कामीको घर पुनर्निर्माणका लागि सम्झौता...
काठमाण्डौ । कैलालीबाट तीन जना पक्राउ परेका छन् । सशस्त्र प्रहरीले एक करोड रुपैयाँ भन्दा धेरैको सुन, चाँदी र नगदसहित तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सुर्खेतको...