भर्खरै : Sorry, your browser does not support inline SVG.
मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन | काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान | चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना |

हावाहुरीको कारण मृत्यु हुने तीन जनाको सनाखत

हावाहुरीको कारण मृत्यु हुने तीन जनाको सनाखत

चितवन, । शुक्रबार साँझ आएको हावाहुरीका कारण मृत्यु भएका तीन जनाको सनाखत भएको छ । हावाहुरीले रुख ढाल्दा च्यापिएर एउटा अटो र एउटा म्याजिकमा सवार तीन जनाको मृत्यु भएको थियो । यससँगै जिल्लाका विभिन्न क्षेत्रमा हावाहुरीका कारण ठूलो क्षति भएको छ ।जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार भरतपुर महानगरपालिका–११ को भोजाड जङ्गलमा पदमपुरबाट भरतपुरतर्फ आउँदै गरेको ना २ ह २२४७ नम्बरको अटो सवारी साधन रुखले च्यापिँदा चालक स्थानीय ५१ वर्षीय प्रदीपकुमार लामाको मृत्यु भएको छ ।

सोही अटोमा सवार गोरखा गण्डकी गाउँपालिका–६ घर भई हाल भरतपुर महानगरपालिका–७ कटहर चोक बस्ने २८ वर्षीया माया गुरुङको मृत्यु भएको हो । यस्तै सोही समयमा भरतपुरको बसेनी चोकमा ना१ज ६१४० नम्बरको म्याजिकलाई रुखले किच्दा त्यसमा सवार स्थानीय ४८ वर्षीय लोकनाथ न्यौपानेको घटनास्थलमानै मृत्यु भएको प्रहरीले जनाएको छ । हावाहुरीका कारण विभिन्न स्थानमा गरी ११ घाइते भएका छन् । उनीहरुको भरतपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

हावाहुरीका कारण ठाउँठाउँमा बिजुलीका पोल ढल्दा शुक्रबार साँझबाट जिल्लाका धेरै ठाउँमा विद्युत् अवरुद्ध भएको छ । साँझसम्ममा विद्युत् प्रवाह हुने गरी काम भइरहेको प्राधिकरणले जनाएको छ । रुख र बिजुलीका पोल ढलेपछि अवरुद्ध बनेका सडक पन्छाई सुचारु गर्ने काम भइरहेको प्रहरीले जनाएको छ । रुखमुनि राखिएका धेरै सवारी साधनमा क्षति पुगेको छ । नारायणी नदीको पुलमा रहेका अधिकांश विद्युत् पोल ढलेका छन् । पुलमा ट्रक पल्टिएपछि सडक अवरुद्ध बनेको थियो ।

 


Thali Mobile Pvt.Ltd.