भर्खरै : Sorry, your browser does not support inline SVG.

हिंसा भट्किदा प्रहरीसहित चारजनाको ज्यान गयो

हिंसा भट्किदा प्रहरीसहित चारजनाको ज्यान गयो

काठमाडौं । भारतको नयाँ दिल्लीमा भड्किएको हिंसामा परि ज्यान गुमाउनेको संख्या चार पुगेको छ। विवादास्पद नागरिकता विधेयकको विरोधमा हिंसाहुन पुग्दा दिल्लीको यमुनापार क्षेत्रमा एक जना प्रहरीसहित चार जनाको ज्यान गएको हो।

हताहतिको संख्या धेरै भएको र घाइतेलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको भारतीय संचारमाध्यमले जनाएका छन्। हिंसालाई नियन्त्रण गर्न प्रशासनले उत्तर पूर्वी दिल्लीका १० इलाकामा कर्फ्यु लगाए पनि प्रदर्शनकारीले ठाउँठाउँमा आगजनी गरेका छन्।

मुस्लिम समुदायको बाक्लो बस्ती रहेको क्षेत्रमा हिंसा फैलिएको छ। भारतले ल्याएको नागरिकतासम्बन्धी नयाँ कानुनले मुस्लिम समुदायक बाहेकका आप्रवासीलाई धार्मिक आधारमा नागरिकता दिन सकिने व्यवस्था गरेको छ।

Mohotsav


Thali Mobile Pvt.Ltd.