भर्खरै : Sorry, your browser does not support inline SVG.
कर्णाली प्रदेश सभामा विपक्षीको अवरोध, बैठक स्थगित | पेट्रोलियम पदार्थमा कृत्रिम अभाव गराउनेमाथि कारबाही गर्न राष्ट्रियसभामा माग | पाकिस्तानमा मनसुनी विपद् : वर्षाजन्य घटनामा ११ जनाको मृत्यु, २७ घाइते | सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित | अविरल वर्षाले कैलाली-कञ्चनपुर जलमग्न, जनजीवन प्रभावित | कर्णाली राजमार्गमा गाडी दुर्घटना : एक जनाको शव फेला, अन्य यात्रुको खोजी जारी | राष्ट्र बैंकले देशभर ग्राहक सन्तुष्टि सर्वेक्षण गर्ने, १० हजारभन्दा बढी नमुना सङ्कलन गरिने | थमन विक हत्या प्रकरण : पूर्वसांसद लक्ष्मी महतोसहित ६ जनालाई ५ वर्ष कैद, ३ जनाको जन्मकैद सदर |

हिमालयन रिइन्स्योरेन्सको आईपीओ खुल्यो

हिमालयन रिइन्स्योरेन्सको आईपीओ खुल्यो

काठमाडौं । वैदेशिक रोजगारीमा रहेकालाई आजदेखि हिमालयन रिइन्स्योरेन्स कम्पनीको प्राथमिक सेयर (आईपीओ) आवेदन खुलेको छ । श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा रहेकाहरुले मात्रै अहिले आईपीओमा आवेदन दिन सक्नेछन् ।

वैदेशिक रोजगारमा रहेकालाई सेयर बाँडफाँटपछि दोस्रो चरणमा सर्वसाधारणका लागि आवेदन खुल्ने जनाएको छ । अंकित मूल्य १०० मा १०६ रुपैयाँ प्रिमियम थप गर्दै प्रतिकित्ता २०६ रुपैयाँका दरले कम्पनीको आईपीओ खुला भएको हो ।

कुल जारी पुँजी १० अर्ब रुपैयाँको ३० प्रतिशत अर्थात् ३ अर्ब रुपैयाँको ३ करोड कित्ता सेयर सर्वसाधारणका लागि निस्कासन हुने भएकोमा त्यसको १० प्रतिशत अर्थात् ३० लाख कित्ता वैदेशिक रोजगारमा रहेकाहरुका लागि खुला भएको हो ।

वैदेशिक रोजगारमा रहेकाले न्यूनतम १० र अधिकतम ३ लाख कित्तासम्मका लागि कम्पनीको आईपीओमा आवेदन दिन सक्नेछन् । मंसिर १८ गतेसम्म यसमा आवेदन दिन सकिने बिक्री प्रबन्धक एनएमबी क्यापिटलले एक सार्वजनिक सूचनामार्फत जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.