हिमालयन रिइन्स्योरेन्सको आईपीओ खुल्यो

हिमालयन रिइन्स्योरेन्सको आईपीओ खुल्यो image

काठमाडौं । वैदेशिक रोजगारीमा रहेकालाई आजदेखि हिमालयन रिइन्स्योरेन्स कम्पनीको प्राथमिक सेयर (आईपीओ) आवेदन खुलेको छ । श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा रहेकाहरुले मात्रै अहिले आईपीओमा आवेदन दिन सक्नेछन् ।

वैदेशिक रोजगारमा रहेकालाई सेयर बाँडफाँटपछि दोस्रो चरणमा सर्वसाधारणका लागि आवेदन खुल्ने जनाएको छ । अंकित मूल्य १०० मा १०६ रुपैयाँ प्रिमियम थप गर्दै प्रतिकित्ता २०६ रुपैयाँका दरले कम्पनीको आईपीओ खुला भएको हो ।

कुल जारी पुँजी १० अर्ब रुपैयाँको ३० प्रतिशत अर्थात् ३ अर्ब रुपैयाँको ३ करोड कित्ता सेयर सर्वसाधारणका लागि निस्कासन हुने भएकोमा त्यसको १० प्रतिशत अर्थात् ३० लाख कित्ता वैदेशिक रोजगारमा रहेकाहरुका लागि खुला भएको हो ।

वैदेशिक रोजगारमा रहेकाले न्यूनतम १० र अधिकतम ३ लाख कित्तासम्मका लागि कम्पनीको आईपीओमा आवेदन दिन सक्नेछन् । मंसिर १८ गतेसम्म यसमा आवेदन दिन सकिने बिक्री प्रबन्धक एनएमबी क्यापिटलले एक सार्वजनिक सूचनामार्फत जनाएको छ ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्

  • दश वाणिज्य बैंकको लाभांश घोषणा image

    दश वाणिज्य बैंकको लाभांश घोषणा

    काठमाडौं । अहिलेसम्म १० वाणिज्य बैंकहरुले सञ्चित नाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेका छन् । घोषणा गरेकामध्ये ७ बैंकको बुक क्लोज भइसकेको छ । बुक क्लोज भएका बैंकहरुको सेयर खरिद...

  • डेढ अर्ब रुपैयाँको नेपाली चिया निर्यात image

    डेढ अर्ब रुपैयाँको नेपाली चिया निर्यात

    विराटनगर । नेपालमा उत्पादित करिब डेढ अर्ब रुपैयाँ बराबरको चिया निर्यात भएको छ । मुख्य रुपमा चिया भारत निर्यात हुने गरेको छ । पछिल्लो समय समुद्र पारका मुलुकमा चिया...

  • सुनचाँदीको मूल्य बढ्याे image

    सुनचाँदीको मूल्य बढ्याे

    काठमाडौँ । बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा ६०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । छापावाल सुन तोलाको एक लाख १६ हजार ९००...

  • सर्वसाधारणका लागि मुक्तिनाथको आइपीओ खुल्ला image

    सर्वसाधारणका लागि मुक्तिनाथको आइपीओ खुल्ला

    काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीको प्राथमिक सेयर आईपीओ आवेदन सर्वसाधारणका लागि आजदेखि खुल्ला गरेको छ। बिक्री प्रवन्धक एनआईएमबी एस क्यापिटलले एक सार्वजनिक सूचना जारी गर्दै आईपीओ निस्कासन खुला गरेको...

Prem Durbar Hotel and Nagarkot Zipline ResorthotelghyampedandaHotel City Gaon