भर्खरै : Sorry, your browser does not support inline SVG.
दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब | स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित वीरगन्जबाट चार जना पक्राउ | पर्सामा १०५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ | बाढी–पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध, वीपी र कान्ति लोकपथमा राति सवारी रोक | म्याग्दीमा पहिरोले घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृह पुरियो, एक सुरक्षा गार्ड बेपत्ता | बढ्यो अण्डाको भाउ, एक्सएल अण्डा प्रतिक्रेट ५६० रुपैयाँ | कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, १११ जनाको मृत्यु | गौरमा खाजा घरभित्रै गाँजाको कारोबार, ७ सय ग्राम गाँजासहित सञ्चालक पक्राउ |

हिमालयले शुरु गर्यो चीनको हुनान प्रान्तमा उडान सेवा

हिमालयले शुरु गर्यो चीनको हुनान प्रान्तमा उडान सेवा

काठमाडौं । हिमालय एयरलाइन्सले चीनको हुनान प्रान्तको राजधानी चाङ्सामा उडान सेवा शुरु गरेको छ । चीनको संयुक्त लगानी रहेको हिमालयले बुधबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट चाङ्सा हुवानगुआ अन्तरराष्ट्रिय विमानस्थलमा पहिलो उडान भरेको कम्पनीले जनाएको छ ।

चाङ्सा चीनकै प्रमुख पर्यटकीय शहरमध्येको एक मानिन्छ । नेपाल भ्रमण वर्ष २०२० शुरु हुनुअघि नयाँ बजार अन्वेषण गर्दै सो प्रान्तबाट नेपाल भित्रिने सम्भावित पर्यटकलाई सेवा दिने उद्देश्यले सेवा शुरु गरेको कम्पनीले जनाएको छ । सातामा एक दिन (बुधबार) काठमाडौँबाट चाङ्सा उडान गर्ने र सोही दिन काठमाडौँ फर्कने गरी
एअरलाइन्सले तालिका सार्वजनिक गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.