भर्खरै : Sorry, your browser does not support inline SVG.
तीनकुने–गैरीगाउँ क्षेत्रका बासिन्दाले सामान सार्न थाले, पाँच स्थानमा पुनर्स्थापना गर्ने सरकारको तयारी | पेट्रोलियम पदार्थ आयातबाट साठी अर्ब अठतीस करोड राजस्व सङ्कलन | इरानी विदेशमन्त्री पाकिस्तानमा, अमेरिका–इरान वार्ताका लागि कूटनीतिक प्रयास तीव्र | वीरगञ्ज महानगरद्वारा भूमिहीनलाई ३० दिनभित्र सम्पर्कमा आउन आग्रह | सुखड बजारको होटलमा आगलागी, कामदारको जलेर मृत्यु | विश्वका १० देशमा तीव्र खाद्य असुरक्षा, द्वन्द्व र मल अभाव मुख्य कारण | विनाशकारी भूकम्प गएको १० वर्ष पूरा, पुनर्निर्माण र सम्झनाका बीच नेपाल | थापाथली सुकुम्बासी बस्तीमा अनधिकृत संरचना हटाउन डोजर चलाउन सुरु |

हुम्लामा बाढीका कारण आयोजनामा क्षति

हुम्लामा बाढीका कारण आयोजनामा क्षति

हुम्ला,। अविरल वर्षाका कारण आएको बाढीले हुम्लाको ऋदम् साना जलविद्युत् आयोजनामा क्षति पुगेको छ । गत शुक्रबार आएको बाढीले उक्त आयोजनाको १३० मिटर पाइपमा क्षति पुयाएको हो । हुम्लाका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यको नेतृत्वमा नेपाली सेना, नेपाल प्रहरी सशस्त्र प्रहरीसमेतको टोलीले उक्त बाढीग्रस्त क्षेत्रको निरीक्षण गरेको छ । निरीक्षणपछि प्रमुख जिल्ला अधिकारी आचार्यले दसैँ अगाडि आयोजनाको मर्मत गरेर विद्युत् उत्पादनको कार्य पुनःसुरु गर्ने सम्भावना नरहेको बताए। हुम्लामा यतिखेर विद्युत् सेवा अवरुद्ध भएको छ । बिजुली नभएपछि यहाँका कतिपय स्थानमा सञ्चार सेवा समेत अवरुद्ध हुन पुगेको छ ।

Mohotsav


Thali Mobile Pvt.Ltd.